नेपालको पर्यटन प्रवर्धनकालागी टिपीएनबाट ब्राम्टनमा अन्तरक्रिया


ब्राम्टन, २६ जुन
गैर आवासिय नेपाली संघको पर्यटन प्रवर्धन समिति (टिपिएन)ले पर्यटन प्रवर्धनका लागी के गर्न सकिन्छ भन्नेबारे क्यानडाको ब्राम्टनमा एक अन्तरक्रिया गरिएको छ ।
यहि आइतवार सम्पन्न कार्यक्रममा क्यानडामा रहेका विभिन्न नेपाली संस्कृतिलाई सहभागी बनाई एकताबद्ध भएर अगाडी बढ्न सहभागीले टिपिएन क्यानडालाई सुझाव दिएका छन् ।
क्यानडामा सम्पन्न हुने बहुसांस्कृतिक कार्यक्रमहरुमा गु,रुड, नेवार, मगर, थकाली, पन्चेबाजा लगायत सकेसम्म बढी संस्कृति झल्कने प्रस्तुतिहरु समाबेश गर्न पनि उनिहरुले जोड दिएका छन् ।
सो अवसरमा टीपीएनका सदस्य अन्जनी भट्टराइले नेपालको पर्यटन क्षेत्रबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले “टुरिजम भिजन २०२०”, पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादन पुर्याएको योगदान, क्यानडाबाट नेपालको टुरिजम क्षेत्रमा भएको योगदान लगायतका उपायेगी र रोचक सामाग्रीहरु प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा एन आरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेले पर्यटन प्रवर्धनका कार्यक्रममा एनआरएनको सधै सहयोग रहने बताउनुभयो ।
त्यस्तै एन आरएन क्यानडाका पुर्व अध्यक्षहरु अनिल थापा र तुलसी सापकोटा, पर्यटन दुत नर बहादुर टन्डन, नेपाल आदिबासी जनजनती संघका अध्यक्ष गिरी बुढाथोकि, एन आरएन अभियन्ता तुला भट्चन, लाली गराँस स्पोर्टस् एन्ड कल्चरल समितिका उपाध्यक्ष कुन्दन घिमिरे लगायतले नेपालको पर्यटन प्रवर्धनमा समुदायको अपनत्व विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनआरएनको स्पोर्टस समितिका अमेरीका सहसंयोजक हेम पाण्डे, टिपिएन सदस्य आसिर्वाद सुबेदी, माधव गजुरेल, क्रिकेट संघका उपाध्यक्ष विपिन पराजुलीले टिपिएनले आउँदो दिनमा गर्ने कार्यबारे विभिनन सुझाव दिनुभयो ।
नेपालले सन २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरि २० लाख पर्यटक भित्राउने लक्ष लिएको छ ।
नेपाल सरकार त्यो लक्ष पुरा गर्न गैर अवासिय नेपाली संघको पर्यटन पर्वधन समितिले योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया जनाउनुहोस्