बागलुङकाे भकुण्डेमा मृत अवस्थामा चितुवा भेटियाे

बागलुङ,-
जिल्लाको बागलुङ नगरपालिका १० भकुण्डेमा मृत अवस्थामा एक भाले चितुवा फेला परेको छ । भकुण्डेको बराह प्राविको नजिकै मृत अवस्थामा चितुवा देखेपछि स्थानियत जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । बयस्क चितुवा पुच्छर सहित १ सय ९३ सेन्टीमिटर लामो रहेको छ भने ७५ सेन्टी मिटरको उचाई रहेको जिल्ला बन कार्यालयका विशाल घिमिरेले बताए ।
चितुवा मृत अवस्थामा देखेर स्थानियले खबर गरेपछि जिल्ला बन कार्यालयको टोली पुगी सदरमुकाममा ल्याईएको छ । चितुवाले गाउँलेहरुले पालेका कुखुरा, बाख्रा तथा गाई लगाएत अन्य जनवारहरु खादै गाउँलेहरुलाई सताइरहेको स्थानियले बताएका छन ।
चितुवालाई पोष्टमार्टम गरि विर्सजन गरिने जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा गोपाल गिरीले बताए । चितुवाको प्रकृति हेर्दा बाहिर कुनै घाउ नदेखिएको हुनाले कुनै विशालु पदार्थ खाएर मृत्यु भएको अनुमान गर्न सकिने गरीको भनाई रहेको छ ।
मृत अवस्थाको भाले चितुवा ः तश्विर नयाँ पत्रीका दैनीक

प्रतिक्रिया जनाउनुहोस्