बागलुङमा पहिरोमा पुरिएर तीन जनाका ज्यान गयो

बागलुङ—जिल्लाको बरेङ गाउपलिका १ धुल्लुबास्कोटमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धुल्लुबास्कोट गाविसका ४० वर्षीय विष्णुबहादुर खत्री ,उनकी ३५ वर्षीय श्रीमती विष्णु खत्री र खत्री दम्पत्तिकी ६ महिनाकी छोरी रहेका छन् । मध्यरातमा धुल्लुबास्कोट लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा तीन जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । अविरल बर्षाले जिल्लका विभिन्न भागमा क्षती पुगेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भई यातायात आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया जनाउनुहोस्