प्रदेश ४ को बजेट सवै भन्दा कान्छो बजेट–मन्त्री गुरुङ

बागलुङ-
प्रदेश नं. ४ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश नं. ४ को बजेट सवै भन्दा कम भएको बताएका छन । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सात वटै प्रदेश मध्ये प्रदेश नं. ४ को बजेट सवै भन्दा कान्छो बजेट भएको बताएका छन ।

उनले सवै वर्ग समुदायलाई समेटर प्रदेशका योजनाहरु निर्माण गरेको बताए । मन्त्री गुरुङले अन्य प्रदेशले बजेटलाई तलमाथी गरे पनी हाम्रो प्रदेशले बजेट लाई मनपरि ढंगले बढाउने घटाउने काम भने नगरिएको जानकारी दिए ।
मन्त्री गुरुङले प्रदेश ४ लाई समृद्धि बनाउने आधार भनेकै पर्यटन रहेको कारण यस क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताए । यो प्रदेशको प्रमुख कार्यक्रम भनेको पर्यटन नै रहेको छ मन्त्री गुरुङले भने सन २०२२ मा २० लाख पर्यटन भित्र्याउने हाम्रो लक्ष्य रहेको छ । त्यसको लागि अहिले देखी नै पुर्बाधार विकासमा जोड दिनुपर्दछ । जसका लागी हामीले ५५ प्रतिशत बजेट पुर्वाधार विकासका लागी खर्च गर्ने छौं । उनले कृषि क्षेत्रमा आधुनिकरण गरी उत्पादनमुलक कार्यक्रमलाई प्राथमिकता राखेर अगाडि बढाउनुपर्ने बताए ।
मन्त्री गुरुङले प्रदेशको कानुन नियम निति बनाउनु पर्ने भएको कारणले पनि अहिले अलमल गरेर बस्ने बेला नभएको हुदा सरकारको ध्यान त्यसतर्फ जान जरुर रहेको बताए । उनले अबको ५ बर्ष भित्र प्रत्येक व्यक्तिको आय २५ सय डलर पु¥याउने र प्रदेश ४ लाई उज्यालो प्रदेशको रुपमा घोषणा गर्ने योजना रहेका बताए । प्रधानमन्त्री केपी वलीको चीन भ्रमणको विषयलाई लिएर मन्त्री गुरुङले यो भ्रमणले सवै भन्दा बढि फाईदा प्रदेश ४ लाई नै हुने बताए । प्रधानमन्त्री चिन गए पछि अब देशमा रेल गुड्ने निश्चित भएको छ उनले भने, ‘रेलको कुरा सपना हैन विपनामा नै परिणत हुनेछन । उनले चिनिया बैकंहरु नेपालमा कारण नेपालमा चिनिया बैंकहरु संचालन हुने बातावरण सृजना भएको उल्लेख गरे । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषकाे अध्यक्षता र सचिव राम अविरलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहोस्