अपडेट- जिप दुर्घटना घाईतेलार्इ हेलिकप्टरबाट काठमाडाैं लगीयाे

बागलुङ- ताराखोला गाउँपालिका २ अर्गलमा भएको जीप दुर्घटनामा गम्भीररुपमा घाईते भएका चालक सहित दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

काँक्राखोरबाट अर्गलको भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नम्वरको

जीप सडकबाट करीब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार चार जनामध्य दुई जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे थियाे भने दुर्इ जना घार्इते भएका थिए ।

  घार्इते चालक (गाडी धनी) डम्मरबहादुर घिमिरे र  कर्ण बहादुर भण्डारी  गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको लागी ल्याईएकोकाे थियाे ।  त्यहाँ उपचार हुन नसके पछि उनिहरूलार्इ नेपाली सेनाकाे हेलिकप्टर मार्फत काठमाडाैं लगिएकाे ताराखाेला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए ।

प्रतिक्रिया जनाउनुहोस्