तमानखाेलामा तरूणदलकाे भेला सम्पन्न

बागलुङ- नेपाल तरुण दल तमानखोला गाउँपालिका बागलुङको तरुण भेला तथा प्रशिक्षण कार्यक्रम बोङगादोभानमा सम्पन्न भएको छ । भेलाको उदघाट्न गर्दै नेपाली काङ्ग्रेसका पुर्वमहाधिवेशन प्रतिनिधि तथा युवा नेता अर्जुन शेरचनले समाजबादी आर्थिक सामाजिक कार्यक्रमलाई अगाडि बढाउन तरुणदललाई एउटा क्रान्तिकारी संस्था र सशक्त अभियानको रूपमा अगाडि ल्याउनुपार्ने बताए । उनले समाजको बिकासका निम्ति तरुण युवाहरूलाई जागरुक हुन आग्रह समेत गरे । त्यस्तै नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले स्वाभिमानी कर्तव्यशील, परिश्रमी र प्रजातन्त्रबादी पुस्ताको रूपमा काङ्ग्रेसले तरुणदललाई लिएको बताए ।

तरुण दलले जिल्लाका सबै स्थानीय तहमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधी टेकराज पौडेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष मानसरी शेरचन, काङ्ग्रेस तमानखोला गाउँपालिका समयोजक खगेन्द्रमान पुन लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिका भित्रका तरुण युवा तथा काङ्ग्रेस शुभेच्छुक सहभागी रहेको कार्यक्रममा प्रजातन्त्रबादी प्राध्यापक संघ बागलुङका सचिव रामजी प्रसाद सुवेदी र ट्रेड युनियन काङ्ग्रेस बागलुङका युवा संयोजक भिम प्रसाद सापकोटाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम तरुणदल तमानखोलाका संयोजक कल्याण कायतको अध्यक्षता काङ्ग्रेस तमान खोलाका सह सम्योजक झक बहादुर बुढाको स्वागत र तरुणदलका क्षेत्रीय उपाध्यक्ष भुवानी शंकर पुनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्