स्थापना दिवसको खर्च मानवसेवा आश्रमलाई

बागलुङ-
पहिले पहिले यहाँका हरेक संघ संस्थाले आफ्नो स्थापना दिवस धुमधाम सँग खर्च गरेर मनाउने गर्दथे तर अहिले सवैको सोच बदलिएको छ । नेपाल स्वास्थ्यकर्मि संघ बागलुङले आफ्नो २७ औं स्थापना दिवस बागलुङ सदरमुकाममा रहको मानव सेवा आश्रममा ३ हजार ६ सय बराबरको खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएको छ । अन्य बाहिरी खर्च गर्नु भन्दा कुनै परोपकारी कार्यमा खर्च होस भन्ने उद्देश्यले दिवस मनाउने खर्चले मानव सेवा आश्रमलाई फलफुल तथा खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका स्वास्थ्यकर्मि संघका अध्यक्ष विष्णु पौडेलले बताए । हामीले आश्रम रहेको बृद्धा आमाबाबु तथा अन्यका लागी निःशुल्क स्वास्थ्य परिक्षणको शिविर पनि संचालन गर्ने सोच बनाएका छौं पौडेलले भने । आश्रममा हाल २२ जना आश्रीत रहेका छन ।

अशक्त र बेसहारा नागरिकको संरक्षणका बागलुङ सदरमुकाममा डेढ बर्ष अघि देखी नै आश्रम खोलिएको छ । बागलुङ बजारको सडकका पेटि पेटिमा साहरा विहिन भएर भोक भोकै अवस्थामा डुलिरहेका व्यक्तिहरुलाई उठाएर आश्रममा मायाँ र सत्कारले राखिएको आश्रमकी अभियान्त सुमिरा लामाले बताईन । हामीले धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं लामाले भनिन,‘यसका लागी सवै सरोकारवालाको सहयोगको खाँचो रहेको छ । आश्रममा दैनिकी चलाउनका लागी झण्डै ५५ जनाले नियमित मासिक रुपमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन । पछिल्लो समयमा केही संघ संस्थाले स्थापना दिवस साथै व्यक्तिहरुले आफ्नो जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको लामाले बताईन ।
खाद्यान्त हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल टे«डयुनियन काँग्रेस प्रदेश नं. ४ का उपाध्यक्ष रामप्रसाद अधिकारीले स्वास्थ्यकर्मि संघले सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेर परोपकारी कार्य गरेकोमा निकै प्रशंसनिय रहेको बताएका छन । उनले सवैको सहयोगले मात्र असहाराको लागी पुण्य हुने भन्दै आफुले पनि आश्रमका लागी मासिक रुपमा १ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा टे«ड युनियन काँग्रेस बागलुङ अध्यक्ष ईश्वर ठाकुर पौडेल, आश्रमकी अभियान्ता सुमिरा लामा, नेपाल निजामती कर्मचारी युनियनका कार्यबहाक अध्यक्ष देवप्र्रकाश घिमिरले बोलेका थिए ।

कार्यक्रम नेपाल स्वास्थ्यकर्मि संघ बागलुङका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता बरिष्ठ उपाध्यक्ष चन्द्रदत्त रेग्मीको स्वागत र सचिव शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्