बागलुङकी युवती हत्या गर्ने पर्वतका एक युवालाई जन्मकैद

बागलुङ—यहाँकी एक युवती हत्यामा संलग्न पर्वतका एक युवालाई अदालतले जन्म कैदको फैसला सुनाएको छ । आफ्नै प्रेमीलाई गलामा पासो लगाएर हत्या गरी कालीगण्डकीमा फाल्ने पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्वर २ का २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पराजुलीले जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी २२ वर्षिया कमला शर्मालाई केहि महिना अघि गुल्मी र पर्वतको सिमानामा पर्ने कालीगण्डकी नदीमा हत्या गरी फालेका थिए ।
गत माघ ५ गते पराजुलीले गुल्मीको पुर्तिघाट वजारमा घुम्न बोलाएर घाँटीमा पासो लगाएर हत्या गरेको अनुसन्धानमा देखिएको थियो । पराजुलीले हत्या गरेको स्वीकार गरेपछि प्रहरी अदालतमा मुद्दा दायर गरेको थियो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । युवतीको पेटमा गर्भ रहेको थाह पाए पछि गर्भपतन गराउन नमानेपछि हत्या गरेको पराजुलीले स्वीकार गरेको थियो ।

प्रतिक्रिया जनाउनुहोस्