सडक अनुगमन गर्न आफै जान्छन मेयर साब

बागलुङ-
स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले सडक तथा अन्य योजनाको स्थलगत अनुमगन गर्न लागेका छन । बागलुङका अधिकांश स्थानीय तहले आफनो कूल बजेटको ७० प्रतिशत भन्दा बढि रकम सडक निर्माण तथा मर्मतका लागि विनियोजित गरेका छन । गाउँ गाउँमा उपभोक्ता समिति मार्फत धमाधम सड्क निर्माणमा जुटेको देखिएको छ । करिब दुई दशकसम्म जन प्रतिनिधि विहिन वनेको अवस्थामा सडक संजाल संग नजोडिएको गाउँमा सडक जोडने र जिर्ण बनेका सडकहरुको मर्मत सुधारका काममा स्थानिय तहले रकम विनियोजन गरेको छ । स्थानिय तहमा उपभोक्ता समिति मार्फत योजनाहरु सम्पन्न गरिने गरिन्छ । त्यसको अनुगमन पनि स्थानिय तहबाटै चासोका साथ गरिएको छ । गाँउमा भएका विकास निर्माणका कार्यलाई जनप्रतिनितिहरु अनुगमनमा निस्कने गर्दछन । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल नगरपालिका भित्रका हरेक योजनाको अनुगमनमा निकन्छन । नगरपालिका भित्रका योजना चुस्त दुरुस्त बनाउनका लागि टोलटोलमा योजना अनुगमनमा जाने गरेको पौडेल बताउँछन । नगरपालिकालाई नमुना नगरपालिका बनाउनु छ पौडेलले भने, हामी सवै वडामा १२ महिना यातायात संचालन गर्ने सडक निर्माण र मर्मतका लागि जुटेका छौं । नगरपालिकाले आफनो कुल बजेटको ६० प्रतिशत रकम सडकको स्तरबृद्धिका साथै मर्मत सुधार कार्यक्रम मै खर्च गरेको पाइएको छ । नगरपालिकामा नयाँ मापदण्ड तयार पारेर सडक निर्माण तथा फराकिलो बनाउनका लागि बजेट बिनियोजन गरेको छ । कतिपय स्थानमा नगरपालिकाको मापदण्डको बिरोधमा स्थानिय जनताहरुले उच्च अदालत बागलुङमा मुद्धा समेत दायर गरेका छन । नगरपालिकाले गाउँका भित्री बाटोमा पनि १५ मिटरको मापदण्ड लागु गरेको भन्दै स्थानियहरु विरोधमा उत्रेका हुन । विवाद भएको स्थानको कामलाई पछि सहमतिमा निर्माण गर्ने गरी नगरभित्रका अन्य क्षेत्रमा विकास निर्माणका कार्यहरु अगाडि बढाईएको नगरप्रमुख पौडेलले बताए । उनि योजना मात्रै नभएर विद्यालय, स्वास्थ्य लगायतका अन्य क्षेत्रको पनि अनुगमन गर्ने गरेको बताउँछन ।
गाँउमा कच्चि सडक त्यसैमा पनि प्रत्येक वर्ष विग्रने त्यसले गर्दा स्थानीय बासिन्दाहरु कष्टकर जिवनयापन गर्न बाध्य छन । मुलुकमा संघिय संरचना तथा स्थानीय तहको निर्वाचनबाट निर्वा्चित भएका पदाधिकारीहरु आफना आफ्ना नगरपालिका र गाउँपालिकाको क्षेत्रमा रहेका पुराना एवं जिर्ण सडकहरुलाई स्थानीय बासिन्दाहरुको सहमतीमा विस्तार गरेर सडक सुधार गर्ने यतिवेला अभियान कै रुपमा लिएको छ ।

जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह हुन सबै स्थानिय तहका हरेक वडामा अहिले युद्ध स्तरमा सडक संजाल जोड्ने र फराकिलो बनाउने कार्य धमाधम भईरहेको देखिएको छ ।
बागलुङ नगरपालिकाका हरेक वडामा अहिले सडकलाई फराकिलो बनाउन लागिएको छ । त्यस्तै जैमिनी नगरपालिकाको छिस्ती यसै वर्ष सडक संजाल जोडिएको छ । नगरपालिका भित्र बाटोको लेवल उठाएर सडकको स्तर उन्नती नालि निर्माणका योजनाहरु समेत संचालन गरिएको जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेललले बताए । सडक बाहेक ग्रामिण विद्युतिकरण, विभिन्न सिप तथा आयमूलक कार्यक्रम, विद्यालय शिक्षा सुधार कार्यक्रम पनि समेटिएर कार्य अगाडी बढाइएको प्रमुख पौडेलले बताए ।

त्यसैगरी गलकोट नगरपालिकामा पनि नगरपालिका भित्रका सवै सडकलाई आवश्यकता अनुसार ६ मिटर र ८ मिटरको चौडाईमा चक्लाउने योजना रहेको नगरउपप्रमुख रेणुका काउचाले बताईन । गलकोट नगरपालिकाले विशेष गरी पाण्डवखानी र रिघाको सडकलाई जोड दिएको काउचाले बताईन । नगरपालिकामा सडकका साथै अन्य पुर्वाधार निर्माणका कार्य धमाधम संचालनमा रहेको बताइएको छ । धेरै बर्षदेखि स्थानीय तह रिक्त रहेको र विकास निर्माणको योजनाहरु लथालिंग हुँदा त्यस जिल्लाका जनताहरु कष्टकर जिवन व्यति गर्न बाध्य रहेका थिए । स्थानीय तहको गठनसंगै बागलुङका स्थानीय तहहरुमा जनतासंग प्रत्यक्ष सरोकार रहेका विकास योजनालाई प्राथमिकतामा राखेर परियोजनाहरु अगाडि बढाउँदा जनताहरु निकै हर्षित भएको उपप्रमुख काउचाले बताईन ।
सिंहदरबारको अधिकार गाउँगाउँमा रहेको भन्दै स्थानिय उपभोक्ता समिति पनि विकासका कामलाई प्राथामिकताका साथ सम्पन्न गरेको पाईएको छ ।

प्रतिक्रिया जनाउनुहोस्