सबैको समावेशी विकासले मात्रै नेपालको विकास हुन्छ –राजदुत बड

बागलुङ-
नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सामाजिक समावेशीताको विकासले नेपालको विकास हुने बताएका छन । धौलागिरी आवासिय बहिरा विद्यालयको अवलोकनका लागी बागलुङ आएका बडले सामाजिक समावेशीकरणका लागि अष्ट्रेलियन दुतावास सधै साथमा रहेको बताए । उनले अहिले सीपमूलक शिक्षा आर्जन गरेका बहिरा विद्यार्थीहरुले भोलीको विकसित नेपालको निर्माणका लागि योगदान गर्ने समेत विश्वास व्यक्त गरे । बडले सबैको समावेशी विकासले मात्रै नेपालको विकास हुने बताए । यो बहिरा विद्यालयका विद्यार्थीले पाठ्यक्रमको कुरा मात्रै नभई अन्य बाहिरी व्यवहारिक कुराहरुको पनि अध्ययन गरेका रहेछन्’ उनले भने ‘यो सीपले पक्कै पनि समाजका योगदान पु¥याउनेछन् ।’
अष्ट्रेलियन राजदुतावासको सहयोगमा सम्पन्न बहिरामैत्री पठन पाठन तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्न बागलुङ आएको बडले धौलागिरि आवासीय विद्यालयको अवलोकन गरेका हुन् । विद्यालयको बारेमा बताउँदै विद्यालयका संस्थापक केवि रानामगरले सामाजिक रुपमा हेलामा परेका बहिराहरुका लागि व्यवहारिक र सिपमूलक शिक्षा प्रदान गर्ने काम गरिएको जानकारी दिए । नियमित पाठ्यक्रमका अतिरिक्ति सिपमूलक कार्यक्रमहरु पनि हामीले सञ्चालन गरिरहेका छौं,’ रानाले भने, केहीले चित्रकला सम्बन्धी काम सिकीरहेका छन् । कतिले सिलाई कटाई सम्बन्धी काम सिकीरहेका छन् । त्यसले उनीहरुलाई समाजका स्थापित हुनका लागि पक्कै सहयोग पु¥याउँछ ।’
कक्षा ८ देखि नै हामीले कम्प्युटर शिक्षा संचालन भएको उक्त विद्यालयमा कक्षा १० पछि तीन वर्षे कम्प्युटर ईन्जिनियरीङको कक्षा अहिले सञ्चालन भै रहेको छ । राजदुत वडले बहिरा विद्यार्थीहरुले अध्ययन गर्ने कम्प्युटर कक्षा, चित्रकला कक्षा पुस्तकालय लगायतको अवलोन गरेका थिए । बहिरा विद्यालयको अवलोकन पूर्व सिटीईभिटीको सम्बन्धनमा डिआईआरडिसी बागलुङले सञ्चालन गरेको बेसिक पलम्बर तालिम र सिलाई कटाई तालिमको समेत अवलोकन गरेका थिए ।
पलम्बर तालिमको अवलोकनपछि राजदुत बडले सीपमूलक तालिम लिएकाहरुका लागि विदेशमा पनि ठूलो अवसर रहेको बताए । हाम्रो अष्ट्रेलियामा पलम्बर काम गर्नेले धेरै पैसा कमाउँछन्,’ उनले भने, मैले पनि छोरीलाई पलम्बर बन्न भनेको थिएँ, तर उनले मानिनन् ।’ तीन सय ९० घण्टाको पलम्बर र सिलाई कटाई तालिममा २०÷२० जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्