एकै क्षेत्रमा ८ पुल बन्दै

बागलुङ – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका स्थित वडा नं ५ अधिकारीचौरमा एक महत्वपुर्ण झलुङगे पुल बन्ने भएको छ । वडा न.५ को प्याङखोला देखि सोहि वडाकै अधिकारीचौर स्थित भुजिमाविसम्म जोडिने गरी कुल २ सय मिटर बढि लम्बाईको पुल निर्माण हुने भएको हो । नेपाली कांग्रेसका नेता दोर्णकुमार कुँवरको सक्रियतामा उतmआयोजनाले स्थानिय पुर्वाधार तथा कृर्षि सडक बिकास बिभागबाट मान्यता पाएपछि आईतबार ईन्जिनीयर टोलीले पुलबन्ने स्थलको भौगोलीक अध्यन संगै सर्वे सम्पन्न गरेको छ ।

भौगोलीक दृष्टिकोणले अतिनै समस्या खेप्दै आएका त्यस वडाका करिब ३ सय बढिघरपरिवारलाई आवतजातवमा उतm पुल निर्माणले सहजता हुने छ । पुल निर्माणमा जग्गा सहजिकरण गरीरहनुभएका स्थानीय कृष्ण कंडेलले भन्नुभयो हालसम्म त्यसक्षेत्रका जनता खोला तर्नका निम्ती २० मिनेट जति तल झरेर जोखिममा रहेको पुल तरेरमात्र गन्तब्यमा पुग्नुपर्ने थियो ।

अब पुल निर्माण भएमा सो समय घटेर दुई मिनेटमा मात्रै उक्त दुरी पार गर्न सकिने बताउदै सबैको सुविधाका लागि आफु लगाएत स्थाननियले पुल निर्माणमा सम्मोन्य गरीरहेको बताउनु भयो । प्रर्यटकिय एवम स्थायिको सुविधाका लागि महशत्वपुर्ण मानिएको पुलको सर्वे डिजाईन सफल भएको ईन्जिनीयर नितेश सर्माले बताउनु भयो । पुल निर्माणमा करिब १ करोड लागतको स्टेमिट गरीएको छ ।

कृर्षि, प्रर्यटन, तथा बिधालयमा आवतजावत गर्ने शिक्षक, बिधार्थि एवम स्थानीय जनतालाई दिर्घकालीन रुपमा ऊक्त पुल बढि फाईदाजनक रहेको भुजिमाविका शिक्षक सालिन्द्र घर्तिले बताउनु भयो । पुल सर्भे डिजाईन कार्यक्रममा वडा न ५ का वडासदस्य ईन्द्रबहादुर घर्तिको अध्यक्षता सँगै युवा नेता दोर्णकुमार कुँवर, समाजसेवि कृष्ण कंडेल, खड्कबहादुर कुँवर, लगाएत स्थानीय बुद्धिजिवी, समाजसेवि, स्थानीय महिला लगाएत ७० जनाबढिको उपश्थिती रहेको हो ।

प्राबिधिक कारणले बिगतमा निर्माण हुन नसकेको उक्त  पुल यसबर्ष अनिवार्य निर्माण हुने कुंवरले बताउनु भयो । उहांले आफनो प्रयासमा भुजिखोलाक्षेत्रमा बिभिन्न ५ स्थानमा मोटरेवल र अधिकारीचौर र ढोरपाटन सहित २ वटा झलुङगे पुल निर्माणचरणमा रहेको बताउनु भयो । यि पुल निर्माणकार्य पुरा भएसंगै ढोरपाटन नगरपालिकाको वडा नं ५ देखि ९सम्मका जनताको निम्ती बिकास र समृद्धिले छोप्ने बताउनु भयो । मोटरलेबल पुल अन्र्तगत वडा नँ ५ साविक अधिकारीचौरमा अस्तु– आडारबोट मोटरेवल पुल, सोहि वडाकै एकवालेघाट देखि अधिकारीचौर जोड्ने पुल बन्दै छन् ।

त्यस्तै नगरपालिकाकै वडा नँ ६को दोगाडी–मराङघाट, सोहि वडाकै गाडिखोला –ओख्रेनिघाट, र वडा नं ८ र ९ जोड्ने दाहाल–चोविरघाट मोटरेवल पुल निर्माणको चरणमा रहेको बताईएको हो । त्यस्तै ढोरपाटन पाखाथरमा समेत झलुङगे पुल निर्माणको चरणमा रहेको हो ।

प्रतिक्रिया जनाउनुहोस्