व्याडमिन्टन प्रतियोगितामा बाबु छोराको टीम विजयी

मिसिसागा, २९ अप्रिल   

 

क्यानडाको जिटीएमा पहिलापटक भएको व्याडमिन्टन प्रतियोगितामा बाबु छोराको टीम विजयी भएको छ ।

ललिगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लवको आयोजनामा शनिवार मिसिसागामा सम्पन्न प्रतियोगितामा टोरोन्टोको बाबु राजकुमार चौहान र छोरा राघव चौहानको टिम विजेता बनेको हो । टोरोण्टोको टिमले मिसिसागाका विपिन पराजुली र स्वस्तीक ताम्राकारको टिमलाई शुन्य विरुद्ध २ को सोझो सेटमा पराजीत गरेको हो । त्यस्तै प्रतियोगीमा गिरी बुढाथोकि र सहर्स ओलीले तेस्रो स्थान शुरक्षित गरेका थिए ।


प््रातियोगितामा प्रथम हुने टोलिलाई ५ सय क्यानेडियन डलर नगद पुरस्कार प्रदान गरिएको थियो । एनआरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेले प्रदान गर्नुभएको प्रथम पुरस्कारको सौजन्यता कानुन व्याबसायी अतुल सुबेदीले गर्नुभएको थियो । त्यस्तो दोस्रो पुरस्कार आयोजक संस्थाका संस्थापक सभापति उत्तम केसिले प्रदान गर्नुभयो भने तेस्रो पुरस्कार नेपाली जनसम्पर्क समितिका सभापति बुद्धी ओलीले प्रदान गनुभयो ।


प्रतियोगितामा जिटिएका १२ टिमको सहभागीता थियो । हाका खजानाका विन्दु श्रेष्ठले खेलाडी तथा उपस्थित सवैलाई खाना खुवाएर कार्यक्रमलाई सहयोग गर्नुभएको थियो । कार्यक्रममा निराजन श्रेष्ठले कफि सौजन्यता गर्नुभएको थियो । एन आर एन क्यानडाका अध्यक्ष गोपि काफ्ले र पुरस्कारका प्रायोजक अतुल सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रमको समापन तथा संचालन संस्थाका उपाध्यक्ष कुन्दन घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्