दक्ष कामदारलाइ नेपालबाटै वर्क पर्मिटका लागी क्यानडा सांसदले पहल गर्ने ।

एप्रिल ७, २०१८ शनिवारका दिनमा क्यानेडियन नेपाली महिला चौतारी ( Canadian Nepali Women Platform) को अग्रसरतामा नेपाली समुदायका सदस्यहरूकाे एक टाेलीले संसद सोनिया सिद्धुसंग औपचारिक भेटघाट गरेकाे छ । एन. आर. एन. कनाडाका निवर्तमान अध्यक्ष तुलसी सापकोटा लगाएतका नेपाली प्रतिनिधिहरूले राखेको बिभिन्न प्रश्नको उत्तर दिदै सांसद साेनियाले क्यानडामा नेपाली बिधार्थी, बिभिन्न पेशामा नेपालमै उच्च शिक्षा हासिल गरेका र योग्यता पुगेका कामदार हरूलाई नेपालबाट सिधै वर्क पर्मिटको ब्यबस्ता मिलाऊँन संसद भवनमा बहस चलाउने प्रतिबद्धता  व्यक्त गर्नुभयाे ।

नेपालमा क्यानेडिएन् कन्सुलर अफिसलाई चुस्तदुरुस्त बनाई अध्यागमन सम्बन्धि समस्या जती सक्दो छिटो समाधान गर्न नेपालका लागी क्यानेडिएन् राजदुत नदीर पटेल मार्फ़त अावस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।  नव आगन्तुकलाई सहयोग गर्ने हेतुले न्यु कमर हेल्प डेस्क राख्न नेपाली टिमलाइ उनले सलाह दिइन् । क्यानेडिएन् नेपाली महिला चौतारीका अध्यक्षा गीता दवाडीको नेतृत्वमा गएको उक्त टोलीमा  क्यानाडाका लागी नेपाली पर्यटन दुत एन बी टन्डन , एन. सी. एन. सी.का अध्यक्ष डि. आर खनाल, एनअारएनए टुरिजम समितिका सदस्य माधव गजुरेल, समाजसेवी भास्कर रेग्मी, लिलाधर न्याैपाने लगायतकाे सहभागीता थियाे ।  टोलीले शान्तिको प्रतिक गौतम् बुद्धको मूर्ति मायको चिनो स्वोरुप साम्सदलाई हस्तान्तरण गरेकाे थियाे । चौतारीकी अध्यक्ष दवाडिले महिला चाैतारीकाे उद्देश्य र गरिरहेको कामबारे छोटकरीमा जानकारी गराउनुभयाे ।

प्रतिक्रिया जनाउनुहोस्