बागलुङ देखी कुश्मिसेरा जाँदै गरेको जीप दुर्घटना, ८ घाईते

बागलुङ –

बागलुङको मालढुंगा नजिकै यात्रुबाहक पिक अप जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन । सदरमुकाम बागलुङ बजार देखी कुश्मिसेरा जाँदै गरेको ध.१.ज. २९३ नम्बरको जिप दुर्घटनामा परेको थियो । शनिबार दिउँसो करिब ४ बजे बा.न.पा. १ मालढुंगा नजिकै जिप दुर्घटनामा परेको हो ।
घाईते हुनेमा जैमिनी नगरपालिका वडा नं. १ का ५२ बर्षिय ऋषिराम पौडेल, बागलुङ नगरपालिका वडा न. ४ का ३२ बर्षिय अन्जु केसी सोही ठाउँका ४३ बर्षिय राम केसी, ६ महिनाका बालक आराप केसी, बानपा १४ का ५० बर्षिय सोमनारायण श्रेष्ठ, सोही ठाउँकी ४९ बर्षिय गंगा सुवेदी, र जैमिनी नगरपालिका १ का गोपाल पौडेल घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विश्वराज सिंह थापाले जानकारी दिए । घाईते बालक केसीको मुखमा चोट लागेको छ । त्यसैगरी जिपका चालक जैमिनी नगरपालिका १ का शिव शर्माको पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको बागलुङको धौलागिरी अंचल अस्पतालमा उपचार भै रहेको छ । घाईते मध्ये २ जनाको अवस्था केही जटिल र अन्यको सामान्य रहेको अस्पतालले जनाएको छ । जिप सडकको छेउमा रहेको विजुलीको पोलमा ठोकिएर विपरित दिशा तर्फ फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहोस्