एनआरएनमा युवा सहभागीताका लागी अन्तरक्रिया, दिदी बहिनीले मनाए महिला दिवस ।

१६ मार्च,

एनआरएनमा युवाहरुको सहभागीता बृद्धी गर्न क्यानडाको ब्राम्टनमा अन्तरक्रिया सम्पन्न भएको छ ।
एनआरएनएका अन्तराष्ट्रिय युवा संयोजक सुदन थापाको प्रमुख आतिथ्यमा गत शनिवार अन्तरक्रिया गरिएको हो ।
एनआरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थापाले दोस्रो पुस्ताका युवालाई एनआरएनको अभियानमा सहभागी गराउन हरेक देशका एनआरएनले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा नेपाली मुलका उदियमान युवा फुटबल खेलाडी पासाङ शेर्पालाई बिदाई तथा सम्मान गरियो । एनआरएन क्यानडाको युवा समिति तथा लागी गुराँस स्पोर्टस क्लवले शेर्पालाई सम्मान गर्दै पोर्चुगलमा हुनगइरहेको प्रतियोगीतामा सफल सहभागिताका लागी शुभकामना व्यक्त गरेका थिए ।
शेर्पा आउँदोहप्ता पोर्चुगलमा हुनगइरहेको एल्गार्भ युवा कप फुटबल प्रतियोगितामा रोबोर्ट क्यानडा सकर एकेडेमीबाट सहभागी हुदैछन् ।
उक्त प्रतिस्पर्धामा २ सय टिमको सहभागीता रहने छ । एनआरएन क्यानडाका युवा संयोजक क्रिजल केसीले संचाल गरेको कार्यक्रममा एनआरएन क्यानडाका महासचिव चिरन्जीवी घिमिरेले नवनियुक्त सल्लाहकार, एनसीसी सदस्य तथा विभिनन समितिका संयोजकहरुलाई परिचय गराउनुभएको थियो ।
त्यस्तै गत आइतबार क्यानडाको जिटिएमा रहेका नेपाली महिला दिदीबहिनीहरुले अन्तराष्ट्रिय महिला दिबस मनाइएका छन् । एनआरएन क्यानडाको महिला तथा बालबालिका समिति र महिला चौतारीको संयुक्त आयोजनामा मिसिसागास्थित प्रित प्यालेस बैकट हलमा अन्तराष्ट्रिय महिला दिबस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथी एवं अमेरीका क्षेत्रकी डिआरसी संगीता लम्सालले महिलाका समस्या समाधान गर्न सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
ब्राम्टन क्षेत्रकि सांसद सोनिया सिद्दुले नेपाली समुदायसंग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा संकलित रकम एनआरएनएको महिला फोरमले अछाम जिल्लामा संचालन गर्न लागेको स्वास्थ्य शिविरमा सहयोग गर्ने महिला संयोजक विमला सापकोटाले बताउनुभयो ।
कार्यक्रममा ९९ बर्षिय ज्येष्ठ महिला गंगामाया राउतलाई सम्मान गरिएको थियो ।

 

 

 

एनआरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेको सभापतित्वमा सम्पन्न युवा तथा महिला कार्यक्रममा महाबाणिज्यदुत कुन्जरमणी शर्मा, आइसीसी सदस्यहरु प्रमिला बस्नेत र अभिमन्यु बस्नेत एनआरएन क्यानडाका उपाध्यक्ष राज महत, महिला चौतारी का अध्यक्ष गीता दवाडी, एनआरएनका पदाधिकारी तथा सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्याबसायी एवं संचारकर्मीका साथै नेपाली समुदायका सदस्यहरुको उपस्थिति थियो ।
एनआरएक क्यानडाका महिला तथा बालबालिका संयोजक विमला सापकोटा र महिला चौतारीकि दुर्गा अधिकारीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा स्थानिय कलाकारले सांस्कृतिक प्रस्तुति समेत गरेका थिए ।

तस्विरः राजु थापा

प्रतिक्रिया जनाउनुहोस्