महायज्ञ सुरु, पन्चकोटको बिकासको लागि १६ करोड

बागलुङ-बागलुङ नगरपालिका–६ मा रहेको सर्बसिद्धिधाम पन्चकोटमा बुधारबार देखि पन्चकोट महायज्ञ सुरु भएको छ । महायज्ञको उद्घाटन प्रतिनिधिसभा सदस्य डा.सुर्य पाठक र मनकुमारी केसीले संयुक्त रुपमा गरेका थिए ।कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, सावित्रा रानाले सबै स्थानीयबासीहरुको समन्वयका कारण नै विकास सम्भव रहेको भन्दै सबै क्षेत्रमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, स्वामी ऋषी प्रपन्नाचार्य, पञ्चकोट महायज्ञ मुल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम पञ्चकोट महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षता, बानपा–६ का वडा अध्यक्ष खेमराज सापकोटाको स्वागत मन्तव्य र उत्तराधिकारी स्वामी कृष्ण करपात्रीको सञ्चालनमा सम्पन्न भएको थियो । मुक्तीनाथ बाबा स्वामी कमलनयनाचार्यले परिकल्पना गरेको सर्वसिद्धिधाम पन्चकोटमा अहिले धार्मिक संरचनाहरु गौशाला, शिश महल, हनुमानको मुर्ति, गणेश मन्दिर, खानेपानी ट्याङ्की, सडक निर्माण भैसकेको महायज्ञ समितिले जनाएको छ । धौलागिरि अञ्चलकै प्रमुख धार्मिक पर्यटन केन्द्र १०८ फिट अग्लो बिश्व शान्ति कलश बनाउने उदेश्य साथ महायज्ञको आयोजना गरिएको हो ।
पन्चकोटको बिकासको लागि अहिलेसम्म २५ हजार ५ सय ५५ रूपैयाँ तिरेर ३ हजार जनाले संस्थापक सदस्य बनिसकेका छन् । अहिलेसम्म बिश्वशान्ति सर्बसिद्धिधाम पन्चकोटको बिकासको लागि स्थानीय स्तर र सरकारी स्तर बाट करिब १६ करोड रूपैयाँ आम्दानी गरेर बिकासमा खर्च गरिसकेको छ । समितिले २ करोेड रूपैयाँ चन्दा सहयोग उठाउन बाकी रहेको बताएको छ ।

प्रतिक्रिया जनाउनुहोस्