बागलुङका माओवादी नेता पौडेल मन्त्री बन्ने !

बागलुङ–माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ। एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न तयारी अवस्थामा रहन आफ्ना निकटकालाई निर्देशन दिएका छन् । अध्यक्षको आश्वासनसँगै माओवादीका धेरै नेताले सपथका लागि दौरा सुरुवाल तयार पारिसकेका छन् ।

बागलुङ जिल्लाको क्षेत्र नं २बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी नेता देवेन्द्र पौडेल मन्त्री बन्ने सम्भाबना बढेको छ । पौडेल माओवादीभित्र नेता बाबुराम भट्टराई पक्षधर नेता थिए । माओवादी छाडेर बाबुरामले नयाँ शक्ति निर्माण गर्ने अभियानमा पौडेलले साथ पनि दिए । नयाँ शक्तिले राष्ट्रिय राजनीतिमा आफ् औचित्य र हैसियत पुष्टि गर्न नसकेपछि पौडेल माओवादीका धेरै नेता लिएर माओवादीमै फर्किए । लगत्तै प्रतिनिधिसभा निर्वाचनमा बागलुङ२ बाट निर्वा्चित भएका पौडेललाई मन्त्री बनाउन माओवादी अध्यक्ष दाहाल समेत सकारात्मक छन् ।
माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने तयारी छ । मन्त्रीका अर्का दाबेदार हुन, मातृका यादव, चन्द्र खनाल बलदेव , पम्फा भुसाल ,वर्षमान पुन र टोपबहादुर रायमाझी नयाँ सरकारमा जाने दाउमा देखिएका छन्।

प्रतिक्रिया जनाउनुहोस्