बाह सिर्जना हो त यस्तो रमेश वि.जीले सिर्जना गरेको जस्तो,एक पटक हेर्नै पर्ने गीत

यसो त रमेश वि.जीले मुटुनै छुने शव्द सिर्जना गर्दछन यसमा कसैको दुई मत छैन । त्यस माथी पुरुषोत्तम न्यौपानको आवाज पर्यो भने झन सुनमा सुगन्ध हुने छ । सरर पानी घट्टमा को झल्को मेटाउने गरि फेरी अर्को गीत त भनेर छोड्यो मायाले भर्खर मात्र सार्वजनिक भएको छ ।

रमेश बिजी का मार्मिक शब्द र भाका, पुरुषोत्तम न्यौपानेका आवाज भएपछि लोकदोहोरी गीत यसै चल्छ भनेर त्यसै भनेका होईनन् । ‘सरर पानी घट्टमा’ बिजीकै शब्द थिए, न्यौपानेकै आवाज ।

यससँगै दर्जर्नौ चर्चित गीतहरुमा दुवैलाई पाउन सकिन्छ । यो सहकार्य हालै ‘दुधमिठो चौरीको’ हुँदै अहिले ‘तँ भनेर छोड्यो मायाले’ सम्म आइपुगेको छ । बिजीको मर्मस्पर्शी शब्द र न्यौपानेको भाव गहिराईमा उदयीमान गायिका गीता सेञ्चुरीले उत्तिकै न्याय गरेकी छन् । विजीका यस्ता मार्मिक शब्द गीतमा जोडिएको छ ।

गीतलाई गायिका गीता सेञ्चुरीले नै विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत बजारमा ल्याएकी हुन् । प्रेमकै कुरा गीतमा उनिएपनि भ्यालेन्टाइन डेको दिन विछोड भावको यो गीत बजारमा आएको छ ।

भिडियो पनि उत्तिकै हेर्न लायक बनेको छ । चर्चित मोडलहरु महेन्द्र गौतम र रञ्जिता गुरुङको अभिनय छ । विक्रम चौहानले भिडियो निर्देशन गरेका हुन् । प्रकाश खड्काले खिचेका हुन् भने यसको सम्पादन मिलन बिकले गरेका हुन् ।

प्रतिक्रिया जनाउनुहोस्