“भातको के चिन्ता !”

भानुभक्त अाचार्य

सुमार्गीकोमा खाने कि?
प्रसाईकोमा खाने कि ?
महतोकोमा खाने कि ?
चौधरीकोमा जाने कि ?

व्यापारीका खल्तीमा नेता, र
नेताका खल्तीमा व्यापारी होउन्जेल
कस्तो गुणस्तरको खाने
भातको के चिन्ता ?

भातको निहुँमा
मेडिकल माफियाले
सर्टिफिकेट बेचेर
उत्पादन भएका ‘डाक्टर’को
फेला परेर अकालमै मरिएला कि,
कदाचित् बाँचिएछ भने पनि
अस्पत्तालमा चर्को शुल्कले
कंगाल भइएला कि
भन्ने पो चिन्ता छ ।

राज्यकोशबाट
जनताको कर असुलेर
ग्रान्डी, मेदान्त र बैंककका
फाइभ स्टार हस्पिटलको सेवा
लिने हाम्रो सामथ्र्य छैन ।
धनयुद्धमा लुटिएका पैसाहरु
लडाकुबाट खोसिएका सुविधाहरु
किर्ते कागज बनाएर असुलिएका
राज्यकोशका सम्पतिहरु
भेला पारेर, लुकाएर,
विदेश पठाएर, स्वदेश ल्याएर
अर्थात् “पैसा चोख्याएर”
लगानी गर्न सक्ने
हैसियत हाम्रो छैन ।
मूल कुरो, नियत छैन ।

मार्सी चामलकै सही
एक–दुई छाक भात त
बिना कुनै पूर्वाग्रह
हामी पनि खुवाऔंला ।
भातको के चिन्ता ?
भातको निहुँमा
देश डुब्ला भन्ने पो चिन्ता ।

© प्रजातन्त्र दिवस, २०७४

प्रतिक्रिया जनाउनुहोस्