टेबलटेनिस प्रतियोगिता सम्पन्न, ० बिरूद्ध ३ तीनकाे सोझो सेटमा वाग्ले विजेता ।


ब्राम्टन, १९ फेब्रुअरी
लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लवकाे अायाेजनामा क्यानडाको ब्राम्टनमा प्रथम जिटिए स्तरिय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ब्राम्टन निवासी मनिल वाग्लेले जित हात पारेका छन् । फाइनल खेलमा टोरोण्टोका रमेश थापा र वाग्लेविच प्रतिस्पर्धा भएको थियो । बेष्ट अफ ५ को फाइनल खेलमा 0-3 को सोझो सेटमा थापालाई पराजीत गर्दै वाग्लेले जित हात पारेका हुन् ।
त्यस्तै तेस्रो स्थानका लागी जनार्दन अधिकारी र अनिस रेग्मी विच प्रतिष्पर्धा भएको थियो । बेष्ट अफ ५ मा भएको खेलमा 1-4 को सेटमा अधिकारीलाई पराजित गर्दै रेग्मीले तेस्रो स्थान सुरक्षित गरेका थिए । जनार्दन अधिकारीले राम्रो खेल प्रदर्शन गरेका थिए । उनलाई उत्कृष्ट खेलाडी छनौट गरि ५० डलर पुरस्कार दिइएको छ ।
प्रतियाेगिताकाे फाइनल खेलपछि पुरस्कार वितरण कार्यक्रममा बोल्दै कानुन व्यावसायी एवं कार्यक्रमका प्रायोजक अतुल सुबेदीले यस्ता प्रतियोगिताहरु छ, छ महिनामा भइरहनुपर्ने बताउनुभयो । त्यस्तै लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लवका अध्यक्ष उत्तम श्रेष्ठले क्लवले खेलकुद र संस्कृतिको जगेर्ना गर्न नयाँ, नयाँ प्रतियोगिता एवं कार्यक्रमको आयोजना गर्ने जानकारी दिनुभयो ।
प््रातियोगितामा तेस्रो हुने अनिस रेग्मीलाई क्लबका महासचिव बिन्दु श्रेष्ठले, दोस्रो स्थान हासिल गर्न सफल रमेश थापालाई क्लवका निवर्तमान अध्यक्ष उत्तम केसी र विजेता मनिल वाग्लेलाई क्लबका अध्यक्ष उत्तम केसी एवं कानुन व्यावसायी अतुल सुबेदीले संयुक्त रुपमा क्रमस १ सय, २ सय र ५ सय क्यानेडियन डलर नगद प्रदान गर्नुभएको थियो ।
३२ जना प्रतियोगि सम्मीलित खेलको उद्घाटन गर्दै एन आर एन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले आफु पनि खेलप्रेमी भएको बताउदै यस्ता प्रतियोगिताले युवाहरुमा उत्साह थप्ने बताउनुभयो ।
त्यस्तै एन आर एन क्यानडाका उपाध्यक्ष राज महतले खेलकुदका कार्यक्रम निरन्तर भइरहनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको संचालन क्रिजल केसीले गनुभएको थियो ।
आइतबार सम्मन्न टेबल टेनिस प्रतियोगिता भव्य रुपमा सफल पार्न सहयोग गर्नु हुने प्रायोजक, खेलाडी, स्वयंसेवी एवं उपस्थित दर्शकलाई आयोजक समितिको तर्फबाट सुनन्द सुबेदीले धन्यबाद दिनुभएको थियो । उहाँले पहिलो पटक आयोजना गरिएको कार्यक्रम सोचे भन्दा राम्रो भएको र भविष्यमा खेलकुदका थप कार्यक्रम गर्न संस्थालाई हौसला मिलेको बताउनुभयो ।

तस्विरः राजु थापा

प्रतिक्रिया जनाउनुहोस्