टेबल टेनिस प्रतियोगिताः तयारी पुरा, ३० खेलाडी दर्ता ।


ब्राम्टन, १५ फेब्रुअरी
क्यानडामा पहिलोपटक हुन गइरहेकाे टेवल टेनिस प्रतियोगितामा सहभागी हुन हाल सम्म ३० जना खेलाडीले नाम दर्ता गराएको आयोजकले बताएका छन् । टेबल टेनिस प्रतियोगीता आयोजक समितिको निर्णय अनुसार ३६ जना खेलाडी मात्र सहभागी गराइने छ ।
बिहिबार साँझ सम्ममा ३० जनाले नाम दर्ता गराएको र दर्ताको समय शनिवार सम्म मात्र रहेको आयोजक समितिका सदस्य सुनन्द सुबेदीले बताउनुभयो । नाम दर्ताका लागी प्रति सहभागीले ३५ डलर शुल्क बुझाउनुपर्ने छ ।
विभिन्न खेलकुदका कार्यक्रम गरि युवाहरुको शारिरीक विकास एवं सामाजिक एकता कायम गर्ने उद्येस्यले गठन भएको लालिगुराँस खेलकुद तथा साँस्कृतिक क्लव ले क्यानडामा पहिलोपटक टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यहि फेबु्रअरी १८, आइतवारका दिन दिउसो मिसीसागामा हुन गइरहेको  टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमस ५ सय, २ सय र १ सय क्यानेडियन डलरको पुरस्कार राशी राखिएको छ ।
प्रतियोगिताको सवै तयारी पुरा भइसकेको आयोजक सदस्य सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहोस्