बागलुङमा दुई सांसद थपिए, सांसदको संख्या १५ पुग्यो

बागलुङ—यहाँ सांसदको संख्या १५पुगेको छ । मंगलबारको राष्ट्रिय सभा निर्वाचनमा बागलुङबाट दुई जना सांसद बनेका छन् । राष्ट्रिय सभा नेकपा माओवादीका नेता दिननाथ शर्मा र एमालेकी शान्ति अधिकारी विजयी भएका हुन् ।

जिल्लाबाट राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या एक दर्जन नाघेको छ ।

प्रदेश सांसदमा कांग्रेसका मणिभद्र शर्मा कँडेल, कोपिला बोहोरा, एमालेबाट साबित्रा राना, माओवादीबाट दीपा रोका, राष्ट्रिय जनमोर्चाबाट पियारी थापा समानुपातिकबाट प्रदेश सभा सांसद भैसकेका छन्।
प्रत्यक्षतर्फ प्रतिनिधि सभामा क्षेत्र नं १बाट एमालेका सुर्य पाठक, क्षेत्र नं २बाट माओवादीका देबेन्द्र पौडेल सांसद भएका थिए ।

त्यसैगरी प्रदेशतर्फ क्षेत्र नं १ क मा एमालेका इन्द्रलाल सापकोटा, खमा राजमोका कृष्ण थापा, क्षेत्र नं २ क मा माओवादीका चन्द्र बहादुर बुढा र खमा राजमोका टेकबहादुर घर्ति विजयी भएका थिए । प्रतिनिधिसभामा एमालेबाट मन कुमारी के.सी. ,कांग्रेसबाट ज्ञान कुमार छन्त्याल पनि सांसदमा सिफारिस भएका छन् ।

प्रतिक्रिया जनाउनुहोस्