आफैलाई भोट दिने एमालेप्रति थापाको व्यंग्य,संघीयताः हिराको सिक्रीले बाँधिएको भालु !

बागलुङ—संघीयतालेनै सांसद हुने अवसर पाएका बागलुङका एक सांसदले संघीयताप्रतिनै कटाक्ष गरेका छन् । राष्ट्रिय जनमोर्चाकोतर्फबाट बागलुङमा प्रदेश सभा निर्वाचन जितेका थापाले प्रदेश सभाको बैठकमा संघीयताः हिराको सिक्रीले बाँधिएको भालु ! भएको भन्दै कटाक्ष गरे ।
संसदमा बोल्न पाएका जनमोर्चाका सांसद थापाले संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ भनेपछि सभाहलमा रहेका सांसदले मुखामुख गरेका थिए । थापाले संघीयता अत्यन्तै खर्चिलो र यसबाट जनता असुरक्षित भएको बताएका थिए ।
जिल्लामा एमालेसँग तालमेल गरी निर्वाचन लडेर चुनाब जितेका थापाले स्वतन्त्र भनिए पनि गुण्डा नाइके एमालेका दीपक मनाङेप्रति लक्षित गर्दै यस्ता व्यक्तिलाई संरक्षण गर्ने पार्टी पनि सच्चिनुपर्ने भन्दै एमालेप्रति प्रदेशसभाबाटै व्यंग्य गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्