प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जिसीलाई

बागलुङ, –
आफ्नो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाद्वारा प्रदान गरिने प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार रामबहादुर जिसीलाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित समारोहमा जिसी पुरस्कृत भएका हुन । बागलुङबाट प्रकाशित धवलागिरि जागरण दैनिकको सम्पादक समेत रहनुभएका जिसी लामो समयदेखि पत्रकारितामा कृयाशिल रहेका छन ।

जिसीले विगतमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष भएर समेत नेतृत्व सम्हालेका थिए । जिसीलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु. १० हजारसहित प्रमाणपत्र र दोसल्ला प्रदान गरेका थिए ।
पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार जिसीले पुरस्कारले आफूलाई पत्रकारितामा थप कृयाशिल बन्न प्रेरणा मिलेको बताए । उनि राष्ट्रिय सहकारी बैकंको संचालकमा समेर रहेका छन । पुरस्कार प्रदान गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार र सम्मानले समाजमा सकारात्मक उत्प्रेरणा जगाउने बताए ।
कार्यक्रममा बोल्ने अधिकाशं बत्ताहरुले जिसीले पत्रकारको रुपमा खेलेको भूमिका प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए । शाखाले गत वर्षे पहिलो पुरस्कारबाट पत्रकार हरिनारायण गौतमलाई पुरस्कृत गरेको थियो ।
ज्येष्ठता, कृयाशिलता र योगदानका आधारमा छनोटमा पर्ने पत्रकारलाई पुरस्कृत गर्ने गरिएको शाखा अध्यक्ष उमाकान्त शर्माले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव रामकृष्ण शर्मा, नेकपा एमालेका जिल्ला सचिव लालबहादुर थापा, नेपाल प्रेस युनियन बागलुङका सचिव संगम घर्ति, प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अविरल, प्रगतिशिल पत्रकार संघका सचिव विजय राना लगायतले बोलेका थिए ।

कार्यक्रम शाखाका अध्यक्ष उपकान्त शर्माको अध्यक्षता उपाध्यक्ष नविन शिशिर विकको स्वागत र सचिव सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्