प्रथम मेयर कप फुटबलमा कुनपा क्वाटरफाईनलमा प्रवेश

बागलुङ,- बागलुङ नगरपालिकाकाे अायाेजना जिल्लामा जारी रहेकाे  प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगितामा कुश्मा नगरपालिका क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
जिल्लाकाे पर्यटकिय क्षेत्रकाे रूपमा रहेकाे बा.न.पा. १० भकुण्डे खेलमैदानमा बुधबार भएको खेलमा गल्कोट नगरपालिका बागलुङलाई १–३ गोल अन्तरले पराजित गर्दै कुश्मा क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

तश्विर साैजन्य, अर्जुन कार्कि

खेल अवधिभर आफ्नो पक्षमा बल राखेको कुश्माको लागि खेलको १० मिनेटमा आशिष गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए तर उक्त अग्रता २ मिनेट पनि टिक्न सकेन र गल्कोटका राहुल गौचनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेल बराबरी भएतापनि दबाब बनाई राखेको कुश्माले खेलको २७ मिनेटमा सुदिप श्रेष्ठको गोलबाट पुन अग्रता लिएको थियो । उनले गल्कोटका गोलकिपरबाट रिवाउन भएर आएको बललाई गोलमा परिणत गरेका थिए ।
१ गोलले अग्रता लिएपछि खेलमा दबाब बनाई राखेको कुश्माले खेलको ४१ मिनेटमा सन्तोष पुनले उत्कृष्ट गोल गर्दै टिमको टिम निश्चित गरेका थिए ।
कुश्माको ३ प्रहार गोलबारमा लागेर बाहिरीएको थियो भने केही राम्रा प्रहार भने गल्कोटका गोलकिपरले विफल पारिदिएका थिए ।
नकआउट चरणमा खेलाईएको खेलमा प्रदेश नम्बर ४ का ११ वटा नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तरगत भोली (बिहीबार) बाङ्गेचौर खेलमैदानमा ३ खेल हुनेछन् । समुह चरण अन्तरगतको खेलमा पहिलो खेल बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिका नवलपुर, दोस्रो खेल देवचुली नगरपालिका नवलपुर विरुद्ध गोरखा नगरपालिका गोरखा र पहिलो क्वाटरफाईन तेस्रो खेल बागलुङ नगरपालिका बागलुङ विरुद्ध व्यास नगरपालिका तनहुँ विच हुने  अायाेजकले जनाएकाे छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहोस्