अन्तरक्रिया सम्पन्न, उत्तरदायी बन्न नेतृत्वलाई सुझाव ।


टोरोण्टो, १७ जनवरी
नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली काँग्रेसका नेता एवं ललितपुर सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया सम्पन्न गरेको छ ।
गत शनिवार स्कारबोरोस्थित इष्ट टाउन वैकटहलमा भएको अन्तरक्रियामा आसन्न अधिबेशन, क्यानडामा प्रजातान्त्रिक शक्तिहरुको एकता तथा संगठन शसक्तीकरणबारे छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एवं नेपाली कांग्रेसका नेता मदन अमात्यले प्रजातन्त्रमा विधि र प्रकृयाले नै गन्तव्यमा पुर्याउँछ भन्दै पारदर्सी तवरले सदस्यता वितरण गरि अधिबेशन प्रकृयामा अघि बढ्न नेपाली जनसम्पर्क समितिलाई सल्लाह दिनुभयो । संस्थामा आउने र जाने प्रकृया चलिरहने हुँदा ढोका कहिल्यै बन्द गर्नुनहुने बताउँदै सवैलाई समेटेर अघि बढ्नु नेतृत्वको दायित्व हो भन्नुभयो । नेपाली काँग्रेससंग समन्वय गर्नुपरेमा आफुले सक्दो सहयोग गर्ने बचनबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।


नेपाली जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका सभापति सुरेन्द्र खड्काले क्यानडाभर सवै प्रजातन्त्रबादी साथीहरुकालागी नेपाली जनसम्पर्क समितिको सदस्यता खुल्ला गरिएका बताउँदै सवैलाई सदस्यता लिई अधिबेशन प्रकृयामा सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रमका संयोजक अन्जनी भट्राइले सवै प्रजातन्त्रबादी साथीहरुलाई सदस्यता लिई अधिबेशन सफल पार्न अनुरोध गर्नुभयो । त्यस्तै सदस्यता वितरण समितिका सह संयोजक दधि अर्यालले संस्थाको विगतलाई कोट्याउनुभन्दा सुन्दर भविष्यलाई हेरेर सवै अधिबेशनमा सहभागी हुनुपर्ने बतउनुभयो ।
अन्तरक्रियामा कानुन व्याबसायी केशव दाहालले प्रजातान्त्रिक साथीहरुविच एकता आवस्यक छ भन्दै एकताका लागी उत्तरदायी बन्न नेपाली जनसम्पर्क समितिको नेतृत्वलाई सुझाव दिनुभयो ।


अन्रक्रियामा सदस्यता वितरण समितिका सदस्यद्वय तुला भट्चन र बसन्त कार्की त्यस्तै लेखनाथ तिमिल्सेना, रिषि घिमिरे,उज्ज्वल गौतम, राजु बराल सुरेन्द्रलाल श्रेष्ठ, कुन्दन घिमिरे लगायतले समसामयिक सन्दर्भमा आ आफ्ना जिज्ञासा, धारणा र सुझावहरु राख्नुभएको थियो ।
सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपाली जनसम्पर्क समिति क्यानडाका महासचिव दिपकमोहन भट्टराईले संस्थालाई निकै कठिन अवस्थामा पनि जोगाएर अहिलेको अवस्थामा ल्याउन सफल भएको स्मरण गर्दै अधिबेशन पछि यसले अझै व्यापकता पाउने बताउनुभयो ।
फाइनाइन्सियल एडभाइजर हेमराज पाण्डे लगायतले कार्यक्रम व्यावस्थापनमा सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्