बागलुङका युवा बैज्ञानिक सहितको टोलीले पत्ता लगाए खतरनाक रोगको नयाँ औषधी

बागलुङ— अमेरिकाको जोर्जिया राज्यको इन्स्च्यिुट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत बागलुङका डा. सुदिप खड्का सहित ११ वैज्ञानिकको टोलीले खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएको छ । खड्का बागलुङका पूर्व सांसद चम्पा देवी खड्का र स्वर्गीय हरिबहादुर खड्काका जेष्ठ सुपुत्र हुन् ।
संसारका सिमित बैज्ञानिकहरुको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा. खड्का संभवत पहिलो नेपाली हुन् ।
संसारका सिमित बैज्ञानिकहरुको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा. खड्का संभवत पहिलो नेपाली हुन् । खड्काले सेल एण्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिष्ट हुन् । विल्सल्याण्ड फेलोसिप अवार्ड प्राप्त गरेका उनले यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छन् भन्ने विषयमा सोध गरेका थिए ।
वैज्ञानिक टोलीले अध्ययन र अनुसन्धानपछि औषधीको विस्तृत अध्ययन गरिरहेको प्रतिष्ठित जर्नल एन्टीभाइरल रिसर्चमा उल्लेख छ ।
संसारका सिमित ल्याबहहरुमा मात्र इबोला भाइरसको अध्ययन गर्न सकिने र सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशिल मानिने चौथो तहको प्रयोगशाला आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ ।
‘लामोसमय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सयौं औषधीबाट ५६ संभावित औषधीहरु पत्ता लागेको र त्यसमा बेन्जोक्यूनोलाइन समुहको औषधीको विस्तृत अध्ययन भैरहेको उनले बताए ।अमेरिकी सरकारले लामो सुरक्षा जाँच र तालिम पश्चात चौथो तहको प्रयोगशालामा काम अनुमती दिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहोस्