जनसम्पर्क समितिले अन्तरक्रिया गर्ने

टोरोण्टो, १२ जनवरी
नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली काँग्रेसका नेता एवं ललितपुर सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रको आयोजना गर्ने भएको छ ।
यहि जनवरी १३ शनिवारका दिन दिउसो ११ बजेदेखि २ बजेसम्म २६४८ एग्लिंटन एभिन्यु इष्टमा रहेको इष्ट टाउन वैकटहलमा हुन गइरहेको अन्तरक्रियामा आसन्न अधिबेशन, प्रजातान्त्रीक व्याक्तीहरुविचको एकता तथा नेपालको परिवर्तित राजनैतिक अवस्थाबारे छलफल हुने कार्यक्रम संयोजक अन्जनी भट्टराइले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी एवं नेपाली कांग्रेसका नेता मदन अमात्यले नेपालको परिवर्तित राजनैतिक अवस्थाबारे बोल्नुहुने कार्यक्रम रहेको छ । अधिबेशनको तयारी स्वरुप क्यानडाभरी सदस्यता वितरण भइरहेको सन्दर्भमा अधिबेशनको सफलता तथा भावि योजना निर्माणका लागी प्रजातन्त्रप्रति आस्थावान साथीहरु सल्लाह र सुझाव महत्वपुर्ण हुने भएकाले ग्रेटर टोरोन्टो क्षेत्रमा रहेको सवै प्रजातन्त्रबादीहरुलाई कार्यक्रममा उपस्थित हुन जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रसाद ओलीले सामाजिक संजाल मार्फत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया जनाउनुहोस्