कतारमा पत्रकार महासंघका अध्यक्ष सहित पदाधिकारी पक्राउ

काठमाडौं-

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ४ जना पत्रकारलाई कतारमा त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै समातेको छ । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई त्यहाँको सीआइडीले समातेको हो । विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् । पक्राउ परेको या नपरेको भन्ने विषयमा नेपाल पत्रकार महासंघले केही धारणा सार्वजनिक गरेको छैन ।

समातिनेमा नेपालबाट गएका महासंघका अध्यक्ष आचार्य, प्रेस काउन्सीलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट छन् । यसैगरी महासंघ, कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि सीआइडीले समातेको छ ।

दिउँसो १ बजे सुरु भएको अधिवेशन चलिरहेको वखत कार्यक्रमस्थलबाट नै उनीहरुलाई करिव ३ बजेतिर  पक्राउ गरिएको हो । उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ

प्रतिक्रिया जनाउनुहोस्