गगनसहितका सात युवा नेतालाई यी बुद्धिजिवीको साथ

काठमाडौं – काँग्रेस पुनःजागरणको अभियानमा लागेका काँग्रेसका सात नेताले समीक्षात्मक भेटघाटलाई तीब्रता दिएका छन् ।

सोमबार पनि राजधानीमा उनीहरुले प्रवुद्ध व्यक्ति र वुद्धिजीविहरुसँग छलफल गरेका छन् । उनीहरुले विभिन्न चरणमा पार्टीका भ्रातृ, सुभेच्छुक र पेशागत संगठनहरुसँग छलफल गरेका छन् ।

पार्टी पुनःजागरण अभियानमा अन्य केन्द्रीय सदस्यहरु समेत थपिने क्रम जारी रहेको नेताहरुले बताएका छन् । छलफलमा रहेको समूहमा जीवन परियार पनि थपिएका छन् ।

उनीहरुले वुद्धिजीविहरुसँग काँग्रेसको हार र पार्टीलाई कसरी पुर्नजीवन दिने भन्ने विषयमा राय मागेका छन् । महासमिति बैठकमा लैजाने एजेण्डा र आगामी दिनमा पार्टी सुदृढ बनाउने उपायबारे समीक्षा भएको बैठकमा सहभागि नेताहरुले बताएकाछन् ।

बैठकमा को–को थिए ?
नेता
चन्द्र भण्डारी
धनराज गुरुङ
गगन थापा
गुरुराज घिमिरे
प्रदीप पौडेल
उमेशजंग रायमाझी
जीवन परियार
पाहुना
होमनाथ दाहाल
मोहन ज्ञवाली
डा. यज्ञ अधिकारी
डा. केदार नरसिंह केसी
हरिहर विरही
जीवराज पोख्रेल
ध्रुव थापा
प्रा. गुणनिधि न्यौपाने
पुरुषोत्तम दाहाल
काशिराज पराजुली
तारानाथ चौलागाई
नवराज ढकाल
जैनेन्द्र जीवन
सुनिल यादव
विनय कुमार कुटोज
पुरन्जन आचार्य
अच्युत वाग्ले
अञ्जनी झा
शेखर खरेल
भीमा शर्मा पाण्डे
मृदुला कोइराला
केशव पौडेल
शंकर तिवारी
सुदर्शन आचार्य
डिल्लीराम सुवेदी
सुमित शर्मा
नीमा गिरी
प्रताप पौडेल
दिनेश शर्मा

 

-हाम्राकुरा बाट

प्रतिक्रिया जनाउनुहोस्