कांग्रेस संसदीय दलको नेतामा दुई पक्षबीच टक्कर

काठमाडौं -नेपाली काँग्रेस संसदीय दलको नेताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहले टक्कर दिने देखिएको छ ।

काँग्रेसको निर्वाचनमा लज्जास्पद हारपछि देउवालाई सभापति पद छाड्ने दबाब हुँदा पनि उनले ‘मैलेमात्र पार्टीको हारको जिम्मा लिने हो र ?’ भन्दै भाषण गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक बन्न थालेको छ ।

पौडेल पक्षको शुक्रबार काठमाडौंमा विशेष भेला बस्दैछ ।

यो बैठकले पौडेल पक्षबाट संसदीय दलको नेताका लागि प्रकाशमानको नाम सर्वसम्मत गर्ने बुझिएको छ ।

भेलामा पौडेल समूहका सबैजसो नेताहरु सहभागी हुने स्रोतले बतायो ।

यता देउवा पक्षबाट देउवा नै आफै संसदीय दलको नेता हुने लक्षणमा अगाडि बढेको बुझिन आएको छ ।

प्रतिक्रिया जनाउनुहोस्