ग्लोबल आइएमई बैंक १२ वर्षमा

काठमाडौं— बागलुङको अमलाचौरमा जन्मिएका चन्द्र ढकालले नेतृत्व गरेको ग्लोबल आइएमई बैंक १२ वर्षमा प्रवेश गरेको छ । ग्रामीण क्षेत्रमा जन्मिएर बैंकिङ क्षेत्रमा प्रवेश गरेका ढकालको नेतृत्वमा सन् २००७ मा बिरगञ्जमा रजिष्टर्ड कार्यालय सेवा सुरु गरेको थियो ।
११ बर्षको यात्रामा ग्लोबलले देशका विभिन्नभागमा १ सय १३ वटा शाखा विस्तार गरेको छ । बैंकको १ खर्ब २३ अर्ब निक्षेप रहेको छ भने ९४ अर्ब ९८ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब बढि चुक्ता पूँजी पुराइसकेको छ । बैंकले मंगलबारदेखि नै काठमाडौंको कमललादीको नवनिर्मित भवनमा रजिष्र्टड कार्यालय सुरु गरेको हो । कार्यालयको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । ११ औं बार्षिकोत्सवको अवसरमा मंगलबार नै बैंकले ५ शाखा विस्तार गरेको हो । कर्पाेरेट भवन कमलादी, भक्तपुरको गोठाटार, बैतडीको पुर्चौडी, गुल्मीको गौडाकोट र झापाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष ढकालले बैंकले गरेको प्रगतिमा सबैलाई धन्यवाद दिए । स्थापनाको समयदेखि नै रेमिट्यान्स सेवालाई प्राथमिकतामा राखेको बैंकले २ महिनाअघिदेखि कोरिया र भारतबाटसमेत रेमिट्यान्स सेवा सुरु गरेको जनाएको छ । बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधिरसम्र्पक कार्यालय स्थापना गरेको छ । बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दे आइरहेको छ ।
बैकले हालसम्म १० बैंक तथा वित्तिय संस्थालाई मर्जर गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्