बलेवा सेवा समाज जापानमा नयाँ नेतृत्व

अर्जुन लामिछाने
जापान– बलेवा सेवा समाज जापानमा नयाँ नेतृत्व नेतृत्व चयन भएको छ । शर्मेन्द्र पौडेलको अध्यक्षतामा नेतृत्व चयन भएको हो । जापानमा सम्पन्न समाजको तेश्रो साधरण सभाले पौडेलको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि २८ सदस्यीय समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा राजन गिरी, रामु चपागाई, सुरेन्द्र पौडेल, महासचिवमा बिमल रिजाल, सचिवमा कृष्ण पौडेल र कोषध्यक्षमा बिनोद पौडेल रहेका छन्  । सदस्यहरुमा राजु पाठक, सपना पाठक, पृथ खड्का, गोविन्द पौडेल, अशोक खत्री, सन्तोष सापकोटा, हरि रेग्मी, मनोज पाठक, प्रकाश पौडेल, दिपेन्द्र गिरी, महेन्द्र ढकाल छन् ।सल्लाहकारहरुमा कृष्ण केसि, दिपेन्द्र पाठक, बलराम भट्ट, सुर्य लामिछाने, गोविन्द्र सिंह, हरिजंग रायमाझी र राजु केसि लाई चयन गरेको महासचिव रिजालले जानकारी दिए । साधरणसभाले समाजको संरक्षकमा महेन्द्र पिसि र प्रवत्तामा अर्जुन लामिछानेलाई चयन गरेको छ ।
अधिवेशनले महासचिव शमेन्द्र पिसिले पेस गरेको सांगठनिक तथा प्रगति प्रतिवेदन, कोषध्यक्ष दीपक चापागाईले पेस गरेको अर्थिक प्रतिवेदन पास गरेको छ ।
समाजले विभिन्न समयमा रोगबाट पीडितका लागि राहात संकलन, भूकम्प पीडितलाई आर्थिक सहयोग, विद्यार्थीलाई लक्षित गरेर अक्षय कोष सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया जनाउनुहोस्