‘रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक’-ढकाल

बागलुङ-आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गत शुक्रबार बागलुङमा सम्बोधन गरेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिट्यान्स भित्रिँदै आएको र त्यहि रेमिट्यान्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे । यसरी प्राप्त हुँदै आएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने उनले औँल्याए ।

अध्यक्ष ढकालले सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अब मुलुकको आर्थिक विकासले गति लिने विश्वास लिएका छन् । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको  अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको उनले बताए ।

‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथाव्यापारको प्रवद्र्घन’ भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायीक संस्था हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको  छ ।

प्रतिक्रिया जनाउनुहोस्