बागलुङबाट एक दर्जन सांसद

बागलुङ– जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या एक दर्जन पुग्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ जना पुग्ने देखिएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा छ जना निर्वाचित भएका छन् । प्रदेश सभामा बागलुङ कांग्रेस, एमाले, माओवादी, जनमोर्चाबाट  पाँच जनाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभामा एमालेबाट मन कुमारी के.सी. सांसदमा सिफारिस भएकी छिन् ।

त्यसै गरी कांग्रेसबाट ज्ञान कुमार छन्त्यालको पनि पक्का जस्तै छ ।  देवी भट्टचनको पनि सम्भावना रहेको छ ।

प्रदेश सांसदमा कांग्रेसका मणिभद्र शर्मा कँडेल, कोपिला बोहोरा, एमालेबाट साबित्रा राना, माओवादीबाट दीपा रोका, राष्ट्रिय जनमोर्चाबाट पियारी थापालाई सम्बन्धित पार्टीले सिफारिस गरेका छन् ।

त्यसको आधारमा निर्वाचन आयोगले वैधानिकता दिँदैछ ।  प्रतिनिधि सभामा क्षेत्र नं १बाट एमालेका सुर्य पाठक, क्षेत्र नं २बाट माओवादीका देबेन्द्र पौडेल निर्वाचित भैसकेका छन् ।

त्यसैगरी प्रदेशतर्फ क्षेत्र नं १ क मा एमालेका इन्द्रलाल सापकोटा, खमा राजमोका कृष्ण थापा, क्षेत्र नं २ क मा माओवादीका चन्द्र बहादुर बुढा र ख मा राजमोका टेकबहादुर खत्री विजयी भएका थिए ।

प्रतिक्रिया जनाउनुहोस्