बागलुङ महाेत्सवकाे तेस्राे दिन, भलिबल र दाेहाेरी प्रतियाेगिता, साँझमा डिजे कन्सर्ट

बागलुङ- बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार देखी सुरू भएकाे पाँचाै बागलुङ महाेत्सवकाे  अाज तेस्राे दिन  खुल्ला राष्ट्रिय भलिबल प्रतियाेगिता र दाेहाेरी गित प्रतियाेगिता सुरू भएकाे छ ।

अार्इतबार विहाना बाट सुरू भएकाे भलिवल प्रतियाेगिताकाे पहिलाे खेल काठखाेला गाउँपालिका र नेपाल विद्यार्थि संघ निसिखाेला गाउँपालिका बिच भएकाे थियाे । जसमा काठेखाेला गाउँपालिका बिजयी भएकाे छ। त्यस्तै गरी दाेस्राे खेलमा २३ नं. बाहिनी उपल्लाचाैर र जैनिनी ५ बिनामारे बिच भएकाे थियाे जसमा २३ नं. बाहिनी उपल्लाचाैरले जितेकाे छ ।

त्यसै गरी गलकाेट नगरपालिका र बांगेचाैर बिचकाे खेल भने चलिरहेकाे भलिबल खेल उपसमितिका संयाेजक उमाकान्त शर्मा बाबुले जानकारी दिए । भलिवलमा पुरूष तर्फ १२ र महिला तर्फ ६ टिमकाे सहभागि रहेकाे छ ।

महिला भलिबल खेल भाेली  संचालन हुने छ । त्यसै गरी खुल्ला लाेकदाेहाेरी प्रतियाेगिता पनि अाज बाटै सुरू हुनेछ । अार्इतबार म्याग्दी उद्याेग बाणिज्य संघ म्याग्दि, बडिगाड गाउँपालिका बिच दाेहाेरी प्रतियाेगति लाेक दाेहाेरी गित उपसिमित संयाेजक प्रकाश अाचार्यले जानकारी दिए । प्रतियाेगिताका  लागि १६ टिमकाे सहभागि रहेकाे छ ।

महाेत्सवमा राष्ट्रिय कलाकार  खड्क गर्बुजा, मिना गर्बुजा, श्रीकृष्ण बम मल्ल, लक्ष्मि मल्ल, सरिता  प्रजापति, अर्जुन सुनाम, पप गायक सुरेश श्रेष्ठ  र स्थानिय कलाकारहरूकाे प्रस्तुती रहने सांस्कृतिक संयाेजक राजन शाक्यले बताए । अाज अंगेजी पात्राे अनुसार सन २०१७ काे अन्तिम दिन भाेली देखी २०१८ लार्इ स्वागतका निमित्त साँझ लार्इभ डिजे कन्सर्ट हुने अायाेजकले जनाएकाे छ ।  कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नाराका साथ प्रदेश नम्बर ४ स्तरीय महोत्वस हुन लागेकाे मुल अायाेजक समितिका संयाेजक एवं बागलुङ उद्याेग बाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । बागलुङ महोत्सवको उद्घाटन  शुक्रबार गैर आवासीय नेपाल संघ (एनआरएन) का अध्यक्ष भुवन भट्टले  गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्