बागलुङकी राना साांसद बन्ने पक्का

बागलुङ—नेकपा एमालेबाट जिल्लाको जैदीकी सावित्री राना सांसद बन्ने भएकी छिन् । एमालले रानालाई प्रदेश नं ४ तर्फको समानुपातिक सांसदमा सिफारिस गरेको हो । जिल्लाको जैदीकी राना पृथ्वीनारायण क्याम्पस पोखराबाट आफ्नो राजनीतिक यात्रालाई उचाई थपेकी थिइन् । उनी एमालेकी जिल्ला सचिवालय सदस्य हुन् । राना जनजाती कोटाबाट सांसद बन्ने भएकी छिन् । एमालेले सिफारिस गरे पनि त्यसलाई निर्वाचन आयोगले आधिकारिता दिनुपर्छ । यद्यपी उनी सांसद बन्ने पक्का भएको छ ।

प्रतिक्रिया जनाउनुहोस्