दाँत सफा राख्नु छ ? २ चोटी ब्रस गर्नुस् ।


ब््रााम्टन, १७ डिसेम्वर ।

एन आर एन क्यानडाको महिला तथा बालबालिका समितिले ब्राम्टनमा हिजो दन्त स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।


ग्रेटर टोरोण्टो क्षेत्रलाई लक्षित गरि आयोजित कार्यक्रममा दाँत सम्वन्धी डक्टर अनिता गुप्ताले दाँत र गिँजाको स्वास्थ्यका लागी ध्यानदिनुपर्ने कुराका साथै क्यानडामा दन्त उपचारका लागी के कस्ता सुविधाहरु उपलव्ध हुन्छन भन्ने वारे जानकारी दिनुभएको थियो । विहान र बेलुकि कम्तीमा दिनको २ पटक ब्रस गर्ने र प्रत्येक खाना पछि पानीले कुल्ला गर्ने हो भने दाँत सम्वन्धी धेरै रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले क्यानडामा कामको इन्सुरेन्स छ भने अधिकाँस इन्सुरेन्सले बर्षको २ पटक दन्त परिक्षणको शुल्क कभर गर्ने र कामको इन्स्युरेन्स नभएमा १७ बर्ष भन्दा मुनिका बच्चाको लागी हेल्दी स्माएल्स अन्टेरीयोले दन्त उपाचारको शुल्क कभर गर्न सक्ने जानकारी दिनुभयो ।


कार्यक्रममा एन आर एन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले यस्ता कार्यक्रममले समुदायलाई फाइदा पुग्ने बताउनदै आगामी दिनमा पनि एन आर एन क्यानडाले रचनात्मक कार्य गर्दै जाने बताउनुभयो ।
एन आर एन क्यानडा महिला तथा बालवालिका समितिकी संयोजक बिमला सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एन आर एन क्यानडाका पदाधिकारी सहित ५० भन्दा बढीको सहभागीता थियो ।

तस्विरः राजु थापा

प्रतिक्रिया जनाउनुहोस्