प्रकाशको सबैलाई नचाउने पञ्चेवाजाको गीत (भिडियो सहित)

यसो त लगनको महिना आउन अझ दश दिन जति बाँकी छ । तर मंसिरलाई लक्षीत गरि नयाँ- नयाँ पञ्चेबाजाका गीतहरु सार्वजनिक हुनेक्रम भने तिब्र बनेको छ ।
यस्तै बागलुङका बहुप्रतिभाका धनि सर्जक गायक तथा मोडल प्रकाश सपुतको लय तथा शव्द सिर्जनामा नयाँ पञ्चेबाजाको गीत घुम्टे धुरी अग्लो सार्वजनिक भएको छ ।
घुम्टेको गाउ तथा माया प्रेमलाई संयुक्तरुपमा उठाइएको सो गीतमा उत्कृष्ट शव्द तथा सोहि अनुसारको लय सिर्जना रहेको छ ।
रेशम सुनार र जुना श्रीसको आवाज रहेको सो गीत भाका नेपाल मार्फत सार्वजनिक भएको छ ।
गीतमा प्रकाशले मनमोहक अभिनय समेत गरेका छन भने उनलाई अभिनयमा साथ दिएकी छन अञ्जली अधिकारीले,गीतको म्युजिक भिडियो निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया जनाउनुहोस्