सर्जक दिपक कँडेलको अभिनय र प्रेमको निर्देशनमा साहुको ऋण (भिडियो सहित)

पछिल्लो समय धेरै अनलाईन मिडियाहरुमा एउटा गीत निकै चर्चामा छ । साहुको रिनैले । कामको शिलशिलामा जापानमा रहेका सर्जकहरु दिपक कँडेल तथा नारायण गैरेको संयुक्त प्रस्तुती रहेको सो गीत हेर्ने र सुन्ने प्राय सबैले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन । त्यहि भएर पनि मिडियामा राम्रो स्थान पाइरहेको छ गीतले ।
दिपक कँडेल
कुक भिषामा जापानमा काम गर्दै आइरहेका सर्जक कँडेल गीत संगीतमा लागेको करिव एक बर्ष मात्र भएको छ । यो एक बर्षको अबधिमा कँडेलले करिव एक दर्जन जति उत्कृष्ट सिर्जना स्रोता दर्शकको माझ ल्याएका छन भने उनको पहिलो गीत हिरा मोती आज पनि धेरै मिडियाहरुमा राष्ट्रिय गीतको रुपमा प्रसारण भइरहन्छ । उनै कँडेलले गीत साहुको रिनैलेमा शव्द सिर्जना गरेका हुन ।
दिपकले यो गीत मार्फत अभिनयमा पनि उत्कृष्टता प्रस्तुत गरेका छन । यस अगाडी पनि केहि गीतहरुमा सानो रोलमा देखिएका कँडेलले यो गीत मार्फत आफ्नो अभिनय गर्न सक्ने क्षमतालाई पनि सबै माझ प्रस्तुत गरेका छन । उनको अभिनय समेत राम्रो रहेको छ ।
नारायण गैरे
जापानमै रहेका नव प्रतिभा तथा गीत संगीतलाई अत्यन्तै माया गर्ने नारायण गैरेले आफ्नो आवाजमा पहिलो गीत सार्वजनिक गरेका हुन । सानै देखि गीत गाउने इच्छा राख्ने गैरेले यो गीत मार्फत त्यो इच्छा मात्र पुरा गरेनन् राम्रो सिर्जना स्रोता दर्शकको लागी समेत सुन्ने अवसर प्रदान गरे उनै गैरेले यो गीतमा आवाज दिएका छन भने उनलाई आवाजमा पुर्णकला वि.सीले साथ दिएकी छन पुर्णकल पछिल्लो समय व्यस्त गायीका मध्यमा पर्दछिन ।
प्रेम सापकोटा सोनु
गीत संगीतमा आधा दशक भन्दा लामा यात्रा गरेका सापकोटालाई धेरैले अभागी गायकको रुपमा लिने गर्दछन । बहुप्रतिभाका धनि सोनुले गायन तथा लेखन र अभिनयमा समेत राम्रो गरेका छन । राम्रो सिर्जना र उत्कृष्ट क्षमता हुँदा हुँदै पनि सोचे जस्तो सफलता नपाए पछि उनी जापानमा काम गर्न गए तर उनले गीत संगीतलाई भने माया मार्न सकेनन् । जापानबाटै भए पनि निरन्तर गीत संगीतमा लागीनै रहे । पछिल्लो समय उनका प्राय सबै सिर्जना स्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन । उनै सोनुले यो गीतमा निकै महत्वपुर्ण जिम्मेवारी निर्देशनको काम सम्हालेका छन । सोनुको नयाँ काम भए पनि उनले गीतमा कतै छि भन्ने काम गरेका छैनन् ।

कृष्ण आचार्य
नेपालमा रहेका सर्जक तथा सञ्चार कर्मी कृष्ण आचार्यले यो गीतमा लय सिर्जना गरेका छन । उनै आचार्यलेनै कँडेलको पहिलो गीत हिरा मोतीमा समेत लय सिर्जना गरेका थिए । उनी पछिल्लो समय सञ्चार क्षेत्रमै क्रियाशिल छन भने इनेपालखवर डटकमका प्रधान सम्पादक समेत हुन ।
घरको माया र देशको माया हुँदा हुँदै पनि साहुको रिन तिर्नको लागी प्रदेशीन बाध्य नेपालीहरुको कथालाई गीत साहुको रिनैलेमा उठाउन खोजिएको छ । गीतको पुरै म्युजिक भिडियो जापानमै छायाङकन गरिएको हो भने अभिनयमा सर्जक दिपक कँडेललाई सोना के.सीले साथ दिएकी छन ।
गीतमा नारायण गैरे र पुर्णकला वि.सीको आवाज रहेको छ । गीत दिपिका म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

प्रतिक्रिया जनाउनुहोस्