तिहारको अवसरमा बागलुङमा लाईभ कन्सर्ट हुने

बागलुङ – कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ बागलुङमा लाईभ कन्सर्टको आयोजना गरिएको छ । बिर गोर्खाली युवा क्लब बागलुङले यही असोज २९ गते बागलुङमा सांगितिक कार्यक्रम गर्ने भएको छ । शुभ दिपावलीको अवसरमा आयोजना गरेको उक्त कन्सटमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने सोमबार आयोजित प्रत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
‘युवाको चाहना खेलकुद, आर्थिक विकास, दुव्र्यासनी विरुद्ध जनचेतना र कला–संस्कृतिको जगेर्ना’ भन्ने नाराका साथ हुने कार्यक्रममा राष्ट्रिय कलाकार नरेन लिम्बु र आस्था व्यान्ड, इनफ्ल्याम व्याड, संकल्प व्यान्ड र स्थानिय कलाकारहरुले प्रस्तुति दिने कार्यक्रमका संयोजक चन्द्र गर्बुजाले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि कुल ८ लाख रकम लाग्ने अनुमान गरिएकोे क्लबका अध्यक्ष बुद्ध विष्टको जानकारी दिए । कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने अध्यक्ष बिष्टले बताए । हाम्रो क्लब निरन्तर सामाजिक कार्यमा लागेको छ ।

हामी हाम्रो संस्कृति जर्गेनाका लागि यो कार्यक्रमको आयोजना गरेका हौं विष्टले भने कार्यक्रम सम्पन्न पश्चातको बाँकी रकम परोपकारी कार्यमा खर्चिने छौं ।
उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा रहेका नेपालीहरु र कार्यक्रममा वितरण हुने टिकट बाट रकम संकलन गरिने आयोजकले जनाएको छ ।
क्लबले सोही दिनको विहान रक्तदान कार्यक्रम गर्ने पनि जानकारी गराएको छ । बागलुङ नगरपालिका वडा नम्बर २ पुरानो ओयसिस बोडिङ्गमा दिउँसो ३ बजे बाट सुरु हुने लाईभ कन्सट हेर्नाको लागि एक हजार, पाँच सय र तीन सयको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले कार्यक्रमको पुर्ण सफलताको कामना गरेका थिए । क्लबका अध्यक्ष बुद्ध विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन सचिव जाेकेन्द्र थापा मगरले गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्