ग्लोबल सम्मेलन एनआरएन रुपान्तरणका लागी महत्वपुर्ण − घले


ब्राम्टन, २० सेप्टेम्बर ।
गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेले आउँदो ग्लोबल सम्मेलन संस्था रुपान्तरणका लागी महत्वपुर्ण हुने बताउनुभएको छ ।
नर्थ अमेरीकाको भ्रमणमा रहनुभएका घलेले गत आइतबार क्यानडाको ब्राम्टनमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
गैर आवासिय नेपाली संघमा महिला, युवा र नयाँ पुस्तालाई समाबेस गरि समसामयिक बनाउन आउँदो सम्मेलनले स्पष्ट दिशा लिने उहाँले बताउनुभयो ।
भिजन २०२० ले गैर आवासिय नेपाली संघलाई रुपान्तरण गर्ने भन्दै अध्यक्ष घलेले नयाँपुस्तालाई गैरआवासिय संघमा समाबेश गराउन चुनौति छ, भन्नुभयो ।
गैरआवासिय संघको भवन निर्माण कार्य आउँदो ६ महिनाभित्र सम्पन्न हुने जानकारि दिँदै उहाँले गैरआवासिय नेपाली संघ पैसावालको मात्र संस्था नभई समय, इच्छाशक्ति र सेवाभाव हुने जोसुकैले पनि संस्थाको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
आकस्मिक प्रकोपमा छिटोभन्दा छिटो सहयोग तथा राहत उपलव्ध गराउन गैरआवासिय नेपाली संघमा छुट्टो प्रकोप उद्यार इकाइ गठन हुनुपर्ने बताउदै लाप्राक बस्ती आउँदो अप्रिल सम्ममा सम्पन्न हुने गरि काम भइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष घलेले हरेक देशका गैरआवासिय संघले त्यहाँको सरकार तथा सम्वन्धित निकायहरु संग समन्वय गरि सोहि देशमा रहेका नागरिकको हितमा काम गर्न सुझाव दिनुभयो ।


गैरआवासिय नेपाली संघ क्यानडाका अध्यक्ष गोपि काफ्लेको सभापतित्व र प्रवक्ता रविन्द्र घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नर्थ अमेरिका क्षेत्रिय सह संयोजक ए सि शेर्पाले आपसी झगडामा नलागी साझा घर सम्झेर काम गर्न नेपाली समुदायमा आग्रह गर्नुभयो ।
कार्यक्रममा जमुना घलेले अष्टे«लियामा हाउसकिपिंबाट काम शुरु गरेको स्मरण गर्दै संघर्ष, दृढता र लगनबाट सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघका सल्लाहकार नवराज गुरुङले भुकम्प र बाढिपिडितको सहयोगका लागी संस्थाले गरेको कार्य सह्रानिय रहेको बताउनुभयो ।
गैरअवासिय नेपाली संघ क्यानडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष घलेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आउँदो सम्मेलनमा अध्यक्षका लागी जमुना घलेको उम्मेदवारी आउन सक्ने सम्भावनासंग घले दम्पतिको उत्तरअमेरिका भ्रमणलाई जोडेर हेरिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्