प्रकाशकाे दशैं तिहारकाे गित चरर बरर धरर……

बागलुङ- लाेक संगितकाे उर्वर भुमी धाैलागरीकाे काख बागलुङकाे  धम्जामा  जन्मीएका नेपाली लाेक संगितका चम्किला तारा लाेक दाेहाेरी गायक तथा माेडल प्रकाश सपुतले दशैं तिहारलार्इ लक्षित गरी चरर बरर धरर  गितकाे सार्वजनिक गरेका छन ।

पछिल्लाे समयमा चक्लेटी गायक तथा माेडलकाे रूपमा परिचित सपुतले मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरेका छन । अाफ्नाे जिवन साथी बिन्दुकाे जन्मदिनकाे अवसरमा याे गित सार्वजनिक गरेका हुन ।  

एउटा प्रदेशीकाे कथामा गितकाे भावलार्इ समेटिएकाे छ ।प्रदेशीहरु दशैंको बेला नेपाल आउन नपाएको कुरालाई गीतले उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ । गितमा प्रकाश सपुत र सम्झना लामिछाने मगरको स्वर दिएका छन भने अभिनयमा पनि दिदिकाे रूपमा उनीहरूलार्इ लक्ष्मीले साथ दिएकी छन ।

गितमा भनिएकाे छ “फुलेका हाेलान मखमलि फुल डुलेर भमरा,यसपाली पनि लगाउन पार्इन टिका र जमरा” हे मेरा बाबा हे मेरी अामा मायाँ चाही नमार…. हाे मायाँ चाही नमार … चाती चर्काे चररर………. माेयाँ अाँशु बर्साे बररर…… माेयाँ……  गाउँघर सम्झि रून्छ मन धरर..….   यस गितकाे संगित संयाेजन अाशिष अविरलले गरेपनि शब्द र संगित भने गायक अाफैले गरेका हुन ।  गीतलाई युउटुव मार्फत हेर्ने सबैले उत्कृष्ट गीत मन छुने गीत भनेका छन । यसले पनि गीत उत्कृष्ट भएको प्रष्ट हुन्छ ।
गीतकाे सम्पादन पवन सिम्खडा गरेका हुन भने निर्देशन दिपेन्द्र तिमिल्सिनाले गरेका हुन । गितकाे दृृश्य निर्माण भने मण्डली फिल्मसले गरेकाे छ । गितकाे भिडियाे https://www.youtube.com/watch?v=DdMlPhKkya0&list=UULjMHtCwaTy4aCs-EVudqYQ

प्रतिक्रिया जनाउनुहोस्