क्यानडामा उत्तर अमेरिकाव्यापी फुटबल । 

प्रवासमा रहेका नेपालीबिच आपसी सद्भाव, एकता एवं शारिरीक विकासमा सहयोग पुर्याउने उद्येस्यले उत्तर अमेरिका स्तरिय फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
नेपाल आदिबासी जनजाती संघले आयाजना गर्दै आइरहेको “नेपाल कप” फुटबल यस बर्ष आउँदो सेप्टेम्वर ३ मा क्यानडाको ब्राम्टनमा गर्न लागेको हो ।
“सक्कर फर युनिटी, अ बेटर कम्युनिटी” भन्ने नाराका साथ आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा क्यानडा र अमेरिकाका गरि १२ टिमको सहभागीता रहने आयोजकले जनाएका छन् ।
यसबर्ष अमेरीकालाई पनि सहभागी गराई प्रतियोगितालाई नर्थ अमेरीका स्तरिय बनाइएको नेपाल आदिबासी जनजाती संघका प्रवक्ता रमेश रानाले  बताए ।
यहाँको नेपाली समुदायविच खेलको माध्यामबाट सामुहिक एकता एवं सद्भाब कायम गर्दै सभ्य समाज निर्माण गर्न सहयोग पुगोस भन्ने उद्येस्यले प्रतियोगिता आयोजना गरिएको रानाको धारणा छ ।
 प्रतियोगितामा पहिलो हुने टीमलाई १५ सय क्यानेडियन डलर र दोस्रो हुने टीमलाइ ७ सय ५० क्यानेडियन डलर सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगितामा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्न टोरोण्टोको महिला फुटबल टिम र लण्डनको महिला फुटबल टिमबिच मैत्रीपुर्ण खेल समेत हुनेछ ।
संघले विगत ८ बर्ष देखि आयोजना गर्दै आइरहेको “नेपाल कप” फुटबल प्रतियोगितामा गत बर्ष १० टीमको सहभागीता थियो ।
प्रतिक्रिया जनाउनुहोस्