एन आर एन क्यानडाको क्षेत्र निर्धारण बिबाद अदालतमा, समाधान निकाल्न माग ।

टाेराेन्टाे, १७ जुलाइ

एन आर एन क्यानडाको निर्वाचन क्षेत्र निर्धारण सम्वन्धि विबाद अदालत समक्ष पुगेको छ ।
निर्वाचनको मुखमा बिधानमा भएको व्यवस्थालाई कुल्चँदै निर्वाचन क्षेत्र हेरफेर गरेको भन्दै टोरोन्टोको स्कारब्रो क्षेत्रबाट अन्जनी भट्टराइ र विद्याभुषण कार्कीले गत शुक्रबार अदालतमा निवेदन दर्ता गरेका हुन् ।

स्कारबोरो क्षेत्रलाई टुक्राउने निर्णय सच्च्याउन एन आर एन क्यानडा समक्ष लिखित अनुरोध गरेपनि बिधान विपरितको त्यो निर्णय नसच्चिए पछि अदालत जानु एक मात्र विकल्प रहेको आज जारी विप्ज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिबाद समाधानका लागी गत शनिवार टोरोन्टोमा भएको बार्ताबाट कुनै निष्कर्ष निष्केको थिएन । सहमतिको प्रयास जारी रहेको र अदालतमा निवेदन दर्ता भैसकेको अवस्थामा एकतर्फि निर्वाचनको घोषणा गर्नु कुनै पनि हालतमा मान्य नहुने विज्ञप्तीमा उल्ल्ोख छ ।
स्कारब्रो क्षेत्रबाट अन्जनी भट्टराइ, मान पौडेल, भवि न्यौपाने, विद्याभुषण कार्की, माधव बस्ताकोटी, दधी अर्याल, भोजराज भट्ट, विबेक पाण्डे, केशव दाहाल, सुकदेव बराल, केशव बस्नेत, हरी पोखरेल, लेखनाथ तिमिल्सिना,नविन न्यौपाने,रविन्द्र आचार्य विष्णुहरी भण्डारी, रिषिकेश घिमिरे र डा चन्द्र पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै अदालतबाट हुने निर्णयबाट कुनै क्षति भएमा त्यसको जिम्मेवारी एन आर एन क्यानडाको बर्तमान पदाधिकारी लिनुपर्ने भन्दै समस्याको तत्काल समाधान निकाल्न माग गरेका छन् ।
सो समुहले विधान विपरित स्कारब्रोलाई टोरोण्टोबाट छुट्टाएको, निर्वाचन भन्दा तिन महिना पहिल्यै गठन हुनुपर्ने निर्वाचन समिति समयमा गठन हुन नसकेको, साधारण सभा भन्दा एक महिना अगावै गनुपर्ने निर्वाचन समयमा नगरेको जस्ता विधान विपरित कार्य गरेको भन्दै एन आर एन क्यानडालाई विधिसम्मत चल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्