बागलुङ कुश्मिसेरा सडक खण्ड कालाेपत्रे हुँदै

बागलुङ- बागलुङ कुश्मिसेरा सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम तिब्र गतिमा भैरहेको छ ।  कालिगण्डकी करिडोर सँग जोडिएको साविकको भकुण्डे ९ हाल बा.न.पा. १० गलुवाको दब्लाङबाट साविकको पैयुँपाटा ७ अर्थात बा.न.पा. १३ पैयुँपाटाको पाग्जा सम्म सडक कालोपत्रे कार्य तिव्ररुपमा अगाडि बढिरहेको छ ।

जयवावा गोरख-ओखलढुंगा इन्जिनियर जेभिले जिम्मेवार लिई सडक कालोपत्रे कार्यलाई अगाडि बढाएको हो । साढे ५ मिटर चौडाई भएको सडकको गोलाई ६ मिटर सम्म आवश्यक अनुसार बनाएको जनाइएको छ ।

गत आर्थिक वर्ष २०७२-०७३ मा सम्झौता भएको यस सडक खण्डलाई चालु आर्थिक वर्ष ०७३-०७४ को असार मसान्तमा सम्पन्न गरिने जयवावा गोरख-ओखलढुंगा इन्जिनियर जेभिका ठेकेदार डिवि तामाङले बताए ।

हाल सम्म ८ सय मिटर निर्माण कार्य सम्पन्न भएको सडकको २२ सय मिटर बाकी रहेको ठेकदार तामाङले बताए । कालिकगण्डकी करिडोरको जिरो पोइन्ट देखि ३ किलोमिटर कुश्मिसेरा सम्म कालोपत्रे गरिने सडकमा ३ करोड ३१ लाख लागत रहेको डिभिजन सडक कार्यालय बागलुङका सव–इन्जिनियर चन्द्रकिसोर माझीले जानकारी दिए ।

सडक विस्तार संगै कालोपत्रे गरेपछि स्थानीय बासन्दिा पनि खुशी भएका देखिएका छन । दैनिक यात्रा, घरायसी सामाग्री लिनुको साथै सस्तो सरल रुपमा आस्मिक यात्रा गर्न पनि सहज हुने  स्थानीय सुमित्रा रिजालले बताईन ।

सडक विस्तारका लागि बहुबर्षिय ठेग्का प्रक्रियाका लागि सांसद प्रकाश पौडेलले सडक विभागमा पहल गरी यो वर्ष ३ किलोमिटर कालेपत्रे हुँदैछ । स्थानीय स्तरमा उत्पादन भएका दुध, तरकारी तथा कृषिजन्य बस्तुको बजार व्यवस्थापन हुनुको साथै मनग्य आर्थिक आम्दानीको बाटो समेत खुलेको बताइएको छ ।

तश्विर नारायण रिजाल

प्रतिक्रिया जनाउनुहोस्