अञ्चल अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउँदै

बागलुङ- धौलागिरी अञ्चल अस्पताल बागलुङमा बिशेषज्ञ सेवा प्रदान गर्न थालिएको छ । सामान्य उपचारको लागि काठमाण्डौ,पोखरा धाउनुपर्ने अवस्थाको अन्य गर्न अञ्चल अस्पतालमा बिशेषज्ञ सेवा सुरु गरिएको छ । विरामीलाई स्वास्थ्य सेवा सर्वसुलभ दिनको लागि आठ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा अहिले तिन जना बिशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरिएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गरि सेवा सुविधा प्रभावकारी रुपमा दिन सुरु गरिएको जानकारी दिएको छ । अहिले फिजिसिउन ,सर्जनका डाक्टरले सेवा दिएको रdhaulagiri-zonal-hospital-3-1 एक जना प्रशुतिरोग बिशेषज्ञ डाक्टरको लागि बिज्ञापन गरिएको अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले बताए
बागलुङ जिल्ला अस्पतालको स्तर बृद्धि गरि धौलागिरी अञ्चल अस्पताल निमार्ण गरिएको लामो समय पछि यहा“का विरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न सुरुवात गरिएको छ । बिरामीले उचित उपचार सेवा पाउन नसकेको गुनासो आएपछि सेवा बिस्तारमा जुटेको सापकोटाले बताए ।
सरकारले धौलागिरी अञ्चलको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वीकृत दिएको अञ्चल अस्पताल बागलुङमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टरबाट नहुदा अन्यत्र बिरामीलाई रिफर गरिदै आइएको थियो ।
बिरामीलाई थप उपचार सेवा प्रवाह गर्नको लागि थप दरवन्दी अनुसारका डाक्टर र अत्याधुनिक भवनको अभाव रहेको अस्पतालले जनाएको छ । बिरामीको सेवालाई चुस्त, दुरुस्त,प्रभावकारी बनाउन जुटिरहेको अस्पतालका डाक्टर श्रीकृष्ण भट्टले बताए
अस्पतालबाट सरकारी सेवा सुविधा लिने कर्मचारीले आआफ्नो जिम्मेवारी बहन गरेमा बिरामीले सेवा सहज रुपमा पाउने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेल बताए । अस्पतालको सम्पूर्ण भौतिक संरचना तयार नहुँदै तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गरेको क ब्लकको भवन समेत अहिले पुरानो र जिर्ण बन्दै गएको छ ।

प्रतिक्रिया जनाउनुहोस्